नेपालकै अनौठो मन्दिर हेर्नुहोस, बत्ती बालेर सन्तानको बरदान दिने, मागेका सबै कुरा पुरा हुने विश्वास

लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिकामा एउटा शिव मन्दिर छ । इशानेश्वर महादेव मन्दिर । उक्त ठाउँमा शिवरात्रीमा ठुलो मेला लाग्ने गर्दछ । सो मन्दिरलाई सन्तानेश्वर महादेव पनि भन्ने गरिन्छ ।

नेपालमा इशानेश्वर एक मात्र यस्तो मन्दिर हो जहाँ रातभरी उठेर ठाडाबत्ती बाल्यो भने सन्तान प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । मन्दिरका पुजारी गोविन्द सोतीले मन्दिरमा आएर बत्ती बाल्नेहरुले सन्तान प्राप्त गरेको बताएका छन् । तर निकै लामो समय देखि मन्दिरमा ठाडा बत्ती बाल्ने प्रचलन रहेको भन्दै उनले अहिलेसम्म कति जनाले बत्ती बाले भन्ने तथ्यांक नभएको उल्लेख गरेका छन् ।

इशानेश्वर महादेव क्षेत्र विकास समितिले अहिले भने ठाडाबत्ती बालेर जन्मेका सन्तानको तथ्यांक संकलन गर्न सुरु गरेको छ ।

अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)

नेपालको गण्डकी प्रदेश, तनहुँ जिल्ला म्याग्दे गाउँपालिका ३, किलचोकमा अवस्थित श्री अकलादेवीको महिमा बखान गर्दा यहाँ स्थित देवीका मुर्ति बनावटी नभई त्यही रहेको शीलामा शिंह र नन्दीको आकृति रहेको छ।

मन्दिर भित्र भएको विशाल शीलालेखलाई नै आद्यशक्तिको रुपमा अकलादेवीको नामले पूजा गरिन्छ, जुन मन्दिरको गजुरसम्म पुगेको छ। अकला मन्दिरमा रातिको समयमा मन्दिर परिसरमा शंखघण्ट बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा मन्दिर परिसरमा रहेका घण्ट आफै हल्लिनु, बाह्रै महिना कटहर फल्नु, रुद्र देवी मन्दिरको विशाल शीलाखण्ड जो कोहीले पनि हल्लाउन सक्नु आदिलाई दैवीशक्तिको कारणले भएको जनविश्वास छ। यहाँ श्रद्धालु भक्तजनहरुले गरेको भाकल र मनोकामना पुरा हुनु आदि कुराहरु छन्।

भिडियो हेर्नुहोस :