३ दिनदेखी भोकै 80 बर्से अपांग वृद्धले रुदै पाँच रुपैयाँको खाना आँसुसरि खाए यो भिडियो हेर्दा कस्को मन रुदैन होला! (हेर्नुहोस भिडियो)

१ रुपैयाँमा सुत्ने कोठा ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना पेटभरि खाना खान पाउने ब्यबस्था दमकका युवाहरुले गरेका छन । भोकाएका मानिसलाई शुद्ध खाना खुवाउने र खानाबाट उठेको पैसा इलाम चुलाचुली ५ का २५ बर्षिय शुकराज लिम्बु जो दुवै मिर्गौला खराब भएका कारण उपचारको क्रममा छन । शुक्रराजको उपचारका लागी आर्थिक सहयोग जुटाउने उदेश्यले ५ रुपैयाँमा भात खुवाउने अभियान चलाइएको हो । सो स्थानमा युवाहरुले उपलब्ध गराउने एक छाक भात काे मुल्य ५ रुपैयाँ तोकिएपनि सहयोगी मन भएका धेरैले तोकिएको मुल्यसंगै विरामी शुकराजको उपचारका लागि धेरै नै पैसा दिएर सहयोगी हात अघि बढाएमा यो अभियानको प्रभावकारिता बढ्ने अभियानका प्रमुख कुमार राइले बताए ।

यस अभियानमा दमक १ निवासी कुमार राईसंगै लक्ष्मण प्रधान, विवेक श्रेष्ठ, युवन गुरुङ, युवराज गजमेर, सत्यनारायण चौधरी, टोसी आनन्द र सोनि राई सक्रियतापूर्वक जुटेका छन् । यहाँ खाना खान आउनेको आजभोली घुइचो नै लाग्न थालेको छ । पाँच सयदेखि आठसय सम्म मानिसहरु आउने गरेको पाइएको छ । सहयोगी संस्था र दाताहरुले खानाका लागि आवश्यक पर्ने सामाग्री उपलब्ध गराउने र खाना खान आउने ग्राहकले दिएको सहयोग रकमले विरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा अभियानकर्ताहरुको छ । एक महिनासम्म चलाउने भनेर सुरु गरिएको भोकलाइ भोजन बाबुछोरिको अभियान अहिले निकै चर्चामा रहेको छ । अभियानकर्ताहरुले अभियानमा मानिसहरुको सहभागितालाई हेरेर निरन्तरता दिने सोच बनाएका छन । दैनिक चिसो रातमा सडकमा रुदै रात बिताउने गरिब मानिसहरुको सहभागिता बढी रहेको छ । सडकदेखी महलसम्मका मानिसहरुको दैनिक उपस्तिथि हुन्छ ।

आज एकजना दुइदिनदेखी भोकै अनि हिड्न पनि गाह्रो भएका वृद्ध लौरो बैसाखी टेकेर आँखाभरि आँसु पार्दै पाँच रुपैयाँको खाना खान भनेर आइपुगेका छन । पाँचजना सन्तानका वृद्ध बुबालाई कसैले नहेरेपछी घर निकाला नै गरेपछी एक्ला बनेका अपांग बुबा मागेर आफ्नो ज्यान बचाउदै गरेको बताए । बुबाले भोकभोकै चिसो रात बिताउने बताउदै अहिले पाँच रुपैयाँको खाना बाढेको देखेर हामिजस्ता भोकभोकै बस्नुपर्ने बाध्यता भएका हरुलाइ भगवान नै बनेर कुमार आएको बताए । वृद्धले रुदै खाना बाढ्नेहरुलाइ यस्तोसम्म भने जो सुन्दा सबैको मन रुनेछ । बुबाको कुरा सुनेर कुमारका पनि आशु झरे तलको भिडियोमा हेर्नुहोला तपाईंको पनि मन रुनेछ ।