अरुको मिठो बोलीमा छिट्टो विश्वास गरि इज्जत र जिन्दगी बर्बाद नगर्नुस दिदि बहिनी !

दलित मै छन् एक से एक हिरो
सुन्दा तपाईंहरुलाई अचम्म लाग्ला कताकता कतिपयलाई रिस पनि उठ्ला कतै यो शिर्षकले समाजलाई कतातिर डोराउदै छ भन्ने पनि लाग्ला । कताकता लाग्ला एक से एक हिरो दलितमात्र हुन् त अरु होइनन् त ? यस्ता प्रश्न आउनु स्वभाबिक हो ।

तर यहाँ महिले जोड्न खोजेको र देखाउन खोजेको विषय भने नितान्त दलित समुदायका युवतीहरुलाई सचेत र संयमित बनाउन हो । हामीलाई थाहा छ प्रेम र बिवाहाको आबस्यकता र अर्थ जहाँ साचो प्रेममा कहिले पनि जातभात , धनी गरिब केही हेरिदैन अनि प्रेममा त्याग , आत्मीयता र बलिदान समेत हुन्छ । प्रेमलाई सार्थकता र अमर बनाउन जिन्दगी भरिको साथ निभाउन बिवाहा गर्छन् ।

तर यहि प्रेम अनि बिवाहा हाम्रो देशमा दलित समुदायका युवा युवतीको लागी अभिषाप बनेको छ । विशेष गरि अन्तरजातीय बिवाहा गर्दा दलित युवाहरूलाई केटीका बाबुआमा , दाजुभाइले अस्वीकार गर्ने गर्दा बिवाहा पछि दलित युवाको हत्या गरिदिने , परिवारको हत्या समेत गरिदिने गरेका घटना छन् । अर्कोतिर सबभन्दा बढी समस्या गैरदलित युवा र दलित युवती बिचमा देखिएको छ । प्राय नारी कोमल ह्र्दय र बिश्वासकी प्रतिमुर्ति हुन् । तुरुन्तै बिश्वास पनि गरिहाल्ने केही कमजोरी र सिधापनले गर्दा दलित युवतीहरु विशेष गरि अन्तरजातीय प्रेम र बिवाहाबाट धोका मात्र होईन ज्यानै समेत गुमाएका छन् । कान्तिपुरमा केही महिना अगाडी छापिएको एउटा तथ्यांकले पनि ओभरल महिला माथी हुने हिंसा हत्या र बलात्कारका घटनामा ८०% दलित महिला र बालिका परेका छन् ।

यो तथाङ्कले पनि के देखाउछ भने अपराधीको मनोबल दलित समुदायका महिला र बालिका माथी नै उच्च रहेको छ ।अपराधीको मानसिकता नै समुदायसंग जोडिएको छ । खास गरि मनुस्मृति र हिन्दू धर्मको कारण र प्रभावको अवशेष अहिले पनि समाजमा रहेको पाइन्छ । बाध्यत्मक यौन ब्यबसाय जस्तो ( बादी महिला ) हरुलाइ गराइन्थ्यो २०, २५ रुपैयाँ दिएर या बस्तुको रूपमा लामो समय दलित महिला ( बादी ) महिलाहरूलाई प्रयोग गरे पछि उमा देबी बादीको नेतृत्वमा आन्दोलन गरे पछि हट्यो ।

अझै पनि दलित महिलाहरूलाई प्रेम र बिवाहा भन्दा पनि उनिहरुलाई आफ्नो भोगको बस्तु सोच्ने गैरदलित युवाहरुको मानसिकता भने उठेको देखिदैन । एक त आर्थिक हिसाबले निम्न , सामाजिक हिसाबले निर्बल र पारिवारिक हिसाबले कमजोर दलित समुदायका चेलीहरुलाई प्रेमको बहाना गर्ने , अनि शरीरसंग खेल्ने र स्वीकार गर्न परे पछि जातको कुरा गर्ने अनि स्वीकार नै गरे पनि वास्ता नगर्ने , एउटा कतै शहरमा कोठा लिएर राखिदिने ,बच्चा भए पनि जन्म दर्ता नगरिदिने , बिहे दर्ता नगरिदिने हजारौं दलित चेली जिन्दगी बर्बाद भएको छन् ।

समाजको यो अन्धबिस्वास र कु- प्रथालाई जान्दाजान्दै पनि थुप्रै दलित दिदिबहिनीको अन्तरजातीय प्रेम बिवाहा असफल भएको देख्दा देख्दै पनि कमसेकम अब दलित समुदायका दिदिबहिनीले पनि अन्तरजातीय प्रेम र बिवाहा गर्दा अलि सोच बिचार गर्नी कि ? हो प्रेम निस्वार्थ हुन्छ केही हेरिदैन तर समाजको जुन जातरूपी पर्खाल छ त्यो पर्खाल भित्र उभिएर प्रेम र शारीरिक सम्बन्ध अगाडि बढाउदा यो समाजसंग लडन र चुनौती दिन सक्छु कि सक्दिन या आफुले प्रेम गरेको युवाले के आफुलाइ एउटा जीवनसाथीको रूपमा नै ग्रहण गर्छ त के उसले आफ्नो परिवारलाई सम्झाएर दलित बुहारी स्वीकार गर्न सक्छन् त ? समाजमा संमान दिलाउन सक्छन् त? यी कुराहरू सोच्न जरुरी छ । सबैमा भन्न खोजेको होईन केही अन्तरजातीय बिवाह सफल पनि भएका छन् दलित केटासंग टन्न सम्पत्ति छ सबैकुराबाट उनिहरु भन्दा माथी छ भने यदाकदा स्वीकार गरेको पनि देखिन्छ तर प्राय दलित थरको युवती गैरदलित केटासंग बिवाहा गर्दा उसको जीवन सफल भएको प्राय देखिदैन तर फरक के छ भने गैरदलित केटी दलित केटासंग आउदा भने खुसी र जीवन सफल भएको बढी देखिन्छ ।

त्यसैले पनि दलित समुदायका दिदिबहिनीले अन्तरजातीय बिवाहा र प्रेम गर्दा आफू सचेत हुन भने आबस्यक छ । हुन त यदाकदा देखिन्छ कि गैरदलितसंग बिवाहा भए पछि हतार – हतार थर फेर्छन जस्तो कि आफू थर ( बिक भए … बिक थापामगर) ठुलै युद्ध नै जितेजस्तो थर फेर्न पनि हतार हुन्छ । जब अन्य समुदायसगको प्रेम र बिवाहामा उनीहरुले जातको कुरा ल्याउछ्न् भने किन जिन्दगी बर्बाद हुने प्रेम गर्नु आफ्नै समुदायमा छन् त एकसेएक हिरो दलित युवाहरु जुन मिहिनेती , इमानदार र सुन्दर छन् ।

मैले जोडन खोजेको प्रेममा जातभात हेरिदैन भन्छन् तर अरुजातसंग प्रेम गर्दा जातको कुरा आउँछ भने किन हेर्नू त अरु जात ?

बिवाहा अघि र पछि पनि सामान्य कुरामा पनि आफ्नो जात देखायो , सानोजातको सानै बुद्धि , आफ्नै जातको औकातमा आयो जस्ता थेगोहरु भन्ने गरेका हुन्छन् ।

मैले गैरदलित सिङ्गो समुदायलाई भन्न खोजेको होईन सबै पुरुष र सबै दलित महिलालाई जोड्न खोजेको होईन यस्ता घटना जहाँ गैरदलितसंग प्रेम र बिवाहा गर्दा हजारौं दलित दिदिबहिनीको जिन्दगी जातकै कारण बर्बाद भएको हुँदा र धेरै यस्ता घटना म आफै लडेको हुँदा सचेत हुनको लागी लेखेको हो । आफ्नो समुदाय हुनुमा गर्ब गरौ आफ्नो समुदायलाई माया गरौं ।

संन्चारकर्मी तथा महिला अधिकारकर्मी सरु सुनारकाे निजि बिचार