मेलिना राई र भुपेन चौधरीको गीत ‘मदानीमा ध्यु’मा, पुष्प र अनिशा (भिडियो सहित)

काठमाडौ । चर्चित गायिका मेलिना राई र भुपेन चौधरीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘मदानीमा ध्यु’ बोलको गीतलाई चर्चित कोरियोग्राफर तथा निर्देशक प्रशान्त तामाङले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा चर्चित अभिनेता तथा मोडल पुष्प खड्का र अनिशा न्यौपाने फिचर रहेका छन् ।
म्युजिक भिडियोमा पुष्प र अनिशाको जोडी जमेको छ । प्रशान्तले निर्देशन गरेको म्युजिक भिडियोलाई निरोज श्रेष्ठले खिचेका छन्, भने प्रकाश एसकेले सम्पादन गरेका छन् ।

सार्वजनिक गीतमा शब्द, संगीत तथा एरेञ्ज लोक जि मिजारको रहेको छ । यस गीतका गायक भुपेन चौधरी नेपाली साङ्गीतक क्षेत्रमा नया भएपनि भोजपुरी गीतहरु भने २ दर्जन भन्दा बढी गरीसकेका छन् । उनले यो गीत सार्वजजिक हुन भन्दा अगाडी नेपालीमा ‘यो मायाको कस्तो चाला’ र ‘हलचल हुन्छ’ बोलको गीत ल्याइसकेका छन् ।
भिडियो हेर्नुहोस्