मेरो श्रीमतीलाई बचाई दिनुहोस म छोरा छोरीलाई टुहुरो बनाउदीन भन्दै रुदै मिडियामा आए (मार्मिक भिडियो सहित)

बाग्लुंग कॉठेखोला गाउपालिका – ८ लेखानी निवासी राम प्रसाद कंडेलको बर्ष ३१ की श्रीमती गीता कंडेल (२ बच्चाको आमा) बिरामी भै उपचार गराउने क्रममा एक्कासी ब्लड क्यान्सर देखा परी हाल चितवनको भरतपुर क्यान्सर अस्पतालमा राखिएको छ।

ब्लड क्यान्सर जस्तो भयानक डरलाग्दो प्राणघातक रोगको उपचार गर्न निकै ठूलो धनराशि लाग्ने र निजको घरको अवस्था त्यति राम्रो नभएको हुदा निज बिरामी गीता कंडेलको जिवन रक्षाकालागि सम्पुर्ण नेपलिवासी / सहयोगी मनहरु सँघसस्थामा आबद्व महानुभाव, समाजसेवी, ब्यवसायी लगायत सबै महानुभावहरूमा सक्दो सहयोग गरिदिनु हुन हार्दिक बिनम्र अनुरोध पिडित गीता कंडेल का श्रीमान राम प्रसाद कंडेलले हामीलाई जानकारी गराउनु भयो । पक्कै पनि तपाई हाम्रो सानो सहयोगले पीड़ितको जिवन रक्षा हुनेछ भन्ने बिश्वास हामीले लिएका छौ ।

खाता : ०२९०५६८८६८००१८ (02905688680018) हिमालय बैंक बाग्लुंग ब्रान्च , रेशम लाल कंडेल

स्कटनेपालको पिडित संगको कुराकानीमा उहाको श्रीमानले सहयोगको अपिल गर्दै आफ्नो डारेक्ट फोन सम्पर्क पनि दिनु भएको छ ।तलको भिडियो हेरी सके पछि सक्दो शेयर गरि सहयोगी मनहरु सम्म पुराउनु हुन् हामी हार्दिक अनुरोध गर्दछौ ।