सुर्यग्रहण २०७६ पौष १० गते विहिबार बारे विशेष जानकारी

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) +९७७– ९८४२२१९७३५

सुर्य ग्रहण २०७६ ले कुन राशि लाई के कस्तो असर गर्छ ? कुन राशिलाई शुभ फल र कुन राशि हुने हरुलाई अशुभ फल छ? ग्रहण कति अवधि सम्म लाग्नेछ? कति बजे देखि ग्रहणको सुतक लाग्नेछ? कुन कुन देश बाट ग्रहण देखिन्छ? लगायत ग्रहणबारे अन्य महत्वपूर्ण जानकारी लिन सक्नु हुनेछ।

यहि पौष १० गते (डिसेम्बर २६) गते का दिन आकाशमा एक अद्भुत खगोलिय घटना देख्न पाईनेछ । पौष कृष्ण औशी तिथिका दिन खण्डग्रास सुर्य ग्रहण लाग्नेछ। । यो चन्द्र ग्रहण एशिया, उत्तर र पूर्वी अफ्रिकी देशहरु, अस्ट्रेलिया बाट देखिनेछ । करिब २ घण्टा ४९ मिनेट लाग्ने सुर्य ग्रहण नेपाली समय अनुसार बिहान ८ बजेर ४२ मिनेटमा ग्रहण स्पर्श हुनेछ। बिहान १० बजेर १ मिनेट मा मध्य समय र मोक्ष ११ बजेर ३१ मिनेट मा हुनेछ । हिन्दु धर्ममा आस्थावान हरुका लागि पुष ०९ गते राति ०८ बजेर ४५ मिनेट देखि सुतक लाग्ने हुनाले १० गते बिहान ११ बजेर ३१ मिनेट सम्म बाल, वृद्ध र बिमारी देखि बाहेक ले भोजन नगर्नु उत्तम हुनेछ ।

यो सुर्य ग्रहण मूल नक्षत्र र धनु राशिमा लाग्नेछ । यो ग्रहण धनु राशिमा रहँदा केतु र शनि सँग युती सम्बन्ध हुनेछ । यसको असर प्राकृतिक, सामाजिक र राजनितीक क्षेत्रमा देखिनेछ । धनु राशि राशिमा ग्रहण लाग्ने हुनाले यि राशि हुने व्यक्ति हरु लाई बढि कष्ट हुन सक्नेछ । समग्रमा यो ग्रहण को फल राशि अनुसार निम्न बमोजिम प्राप्त हुने देखिन्छ ।

मेष राशि मान नाश, आफन्त बाट धोका र चिन्ता बढ्नेछ। वृष राशि कष्ट, आर्थीक संकट देखिनेछ। मिथुन राशि स्त्रीपिडा, व्यापारमा नोक्सान र पत्नीलाई कष्ट हुनेछ। कर्कट राशि सुख वृद्धि, शत्रु पराजित हुनेछन, पेशा व्यावसायमा उन्नती हुनेछ। सिंह राशि चिन्ता, सन्तान बाट कष्ट र कार्यस्थलमा तनाव बढ्नेछ। कन्या राशि व्यथा, महिला बाट कष्ट र कर्जा बढ्नेछ। तुला राशि श्रीप्राप्ती, मान र प्रतिष्ठा बढ्नेछ। वृश्चिक राशि क्षती, लगानी फस्न सक्नेछ। धनु राशि घात, चिन्ता बढ्नेछ । मकर राशि व्यय, खर्च बृद्धि हुनेछ। कुम्भ राशि लाभ, धनप्राप्तीको योग छ। मिन राशि सुख, पारिवारिक सुख हुनेछ ।

यो सुर्य ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मिन राशि लाई जुरेको छ । अन्य राशि लाई जुरेको छैन । ग्रहण अवधिमा दीर्घ रोगि र गर्भवति महिलाले बाहिर ननिस्कनु शुभ हुनेछ । धार्मीक मान्यता अनुसार ग्रहण अवधिमा नयाँ कार्यको थालनी नगर्नु, खानेकुरा नखानु, सुत्ने, कपाल कोर्ने, दाँत माझ्ने ईत्यादि कार्य नगर्नु उत्तम हुनेछ । ग्रहण सकिएपछि नुहाई धुवाई गरेर आफ्नो अवस्था अनुसार दान गरि आफ्नो नित्य कर्म गर्नू शुभ हुन्छ ।