बच्चा जन्माउने बित्तिकै आमाले जिउँदै खाल्डोमा पु रीन्, पोखरा नजिकै भयो यस्तो घटना (भिडियो)

पोखरा नजिकैको गाउँमा सालनाल सहित एक शिशु गाडेको अवस्थामा फेला परेको छ । माछापुच्छ«े गाउँपालिका वडा नं. ६ अस्तामा गाउँमा शनिबार एक शिशु गाडेको अवस्थामा फेला परेको हो । बिहानै स्थानीयले रगत देखेपछि गाउँलेहरु जम्मा भए र नजिकैको ठाउँमा खोतल्दा मृत शिशु फेला परेको हो । शिशु कस्ले र किन गाड्यो भन्ने कुरा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ । अरुको अबैध शिशु भएकाले कसैले नदेख्ने गरी रातीको समयमा जन्माएर मारेर गाडेको स्थानीयहरु बताउँछन् । करिब ४ किलो जतिको वजन भएको बच्चा जिउँदै जन्मीएको र आमाले अरुले थाहा पाउँछन् भनेर मारेर गाडेको स्थानीयहरुले शंका व्यक्त गरे ।
गाउँलेहरु मध्येकै काम भएको भन्दै कस्ले यस्तो हत्या गर्यो भन्नेमा गाउँलेहरुले तोकेर भन्न सकेनन् । केही महिलाहरुमाथी शंका रहेको बताउँदै थप अनुसन्धानपछि थाहा हुने बताएका छन् । पोखरा महानगरपालिकाबाट करिब ५ किलोमिटरको दुरीमा यो घटना घटेको हो । हेर्नुहोस् स्थलगत रिपोर्ट ।