भाईको यो हालत हुदा श्रीमती भै दिएको भय कस्तो हुन्थियो! अब उनि न आएको ठिकै हुन्छ ! दिदिले पोखिन पिडा!

स्कटनेपाल काठमाडौँ!
दुबै मृगौला फेल भएर हाल डायलसिस गराईरहेका लमजुङका ३२ वर्षिय गंगा बहादुर गुरुङ (राम)को सहयोगार्थ चन्दा संकलन साँस्कृतिक कार्यक्रम हालै सम्पन्न भएको छ। लमजुङको भोर्लेटारमा उक्त कार्यक्रम सम्पन्न भएको हो,उक्त कार्यक्रम लमजुङ आमा समुह काठमाडौं र नारायणी आमा समूह लमजुङको आयोजनामा गरिएको थियो भने मिडिया पार्टनरको रुपमा स्कटनेपाल अनलाईन टिभी रहेको थियो।

लमजुङबासीको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको सो कार्यक्रममा त्यहाँका स्थानीयबासी हरुबाट गंगा बहादुर गुरुङका लागि रु ४,६४,२८० रकम समेत संकलन भएको थियो।दिउँसो एक बजेदेखि बेलुका छ बजेसम्म भएको सहयोगार्थ साँस्कृतिक कार्यक्रममा अतिथि कलाकारका रुपमा बहुचर्चित लोक दोहोरी गायक राजु परियार,डिला बिक,निलमणी भण्डारी,राजु केशी,सम्झना घिमिरे,अर्जुन नेपाली,नबराज अधिकारी,संगम जमरकट्टेल,कृष्ण बिक लगायतका दर्शन बढी कलाकार हरुले आफ्नो प्रस्तुती समेत दिएका थिए।

गंगा गुरुङको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मध्यनेपाल नगरपालिकाका मेयर रमेश कुमार पाण्डेले रु पच्चीस हजार आर्थिक सहयोग गरेका थिए भने बहू चर्चित गायक राजु परियारले रु दश हजार सहयोग गरेका थिए।सहयोगार्थ उक्त साँस्कृतिक कार्यक्रम २०७६ साल मंसिर २१ गते शनिबारका दिन गरिएको थियो।तपाईंहरु पनि यो पुण्य काममा हातेमालो गर्न चाहनुहुन्छ र गंगा गुरुङले पुनर्जीवन पाउन् भन्नेँ चाहनुहुन्छ भने सिधा सम्पर्क:-लमजुङ आमा समुह,(अध्यक्ष:- सीता घिमिरे ९८४१५८९२७०), (सँस्थापक:- सीता भण्डारी ९७४११६८३५६), (कोषाध्यक्ष:- दीपा भण्डारी ९८४०३८६८०८), (सचिव:- बिनीता अधिकारी), (सल्लाहाकार:- कमला रेग्मी ९८४१५१२३११)

पिडित गंगा बहादुर गुरुङ की दिदी लक्ष्मी गुरुङ ९८१६६२०७४८ यी नाम र नम्बरहरुमा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ।साथै आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने लक्ष्मी गुरुङ,ज्योति विकास बैंक पोखरा शाखा,खाता नम्बर:- ०३३११३००२५९२७००००००१मा सिधा रकम पठाउन सक्नुहुनेछ।मानव सेवा नै माधव सेवा हो स्कटनेपाल अनलाईन टिभी समाचारका लागि निलमणी भण्डारी काठमाडौं।