विश्वकै पहिलो गन्तव्य नेपालको पर्यटनन विकासका लागि के गर्ने ?

नेपालमा पर्यटक भनेका केबल गोरो छाला भएकाहरुलाई मात्र मान्ने मान्यताका कारण यहाँ पर्यटकको गुणस्तरमा भन्दा संख्यामा बढी जोड दिने गरिएको छ । विश्वका विभिन्न तहबाट नेपालको पर्यटकीय सम्भावनाको प्रचार भैरहँदा हामी भने संख्यामै जोड दिइरहेका छौं ।

बेरोजगार भत्ता खाएर त्यही रकम जोगाएर नेपाल आउने, महिनौं बस्ने अनि आफ्नो भत्ता जोगाउने खालका पर्यटकबाट कुनै टेवा पुग्दैन । दैनिक निश्चित रकम खर्च गर्नसक्ने पर्यटक नेपाललाई चाहिएको छ । बसन्तपुरमा फुटपाथको चिया र पाउरोटी खाने पर्यटकले देश समृद्ध हुँदैन । हो उनीहरुबाट पर्यटकको संख्या भने बढ्ला ! तसर्थ पर्यटनको विकास र प्रबद्र्धन भनेको सरकारी तहबाटै स्पष्ट प्याकेजको घोषणा हुनुपर्दछ ।

निश्चित समयका लागि निश्चित रकम खर्च गर्नपर्ने भ्रमण तालिका बनाएर उनीहरुको सुविधाका लागि भौतिक पूर्वाधार बनाउने हो भने कुल राष्ट्रिय आयमा पर्यटनको योगदान ह्वात्तै बढ्छ ।