सिन्धुपाल्चोक दुर्घटना : ड्राइभरको कारणले ज्यान गुमाए १५ जनाले ।(भिडियो सहित)

भक्तपुरबाट कालिन्चोक रिजर्भ गएर फर्किँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ। बा ४ ख ४४६८ नम्बरको बस कालिन्चोक दर्शन गरेर फर्किने क्रममा पाँच किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो। दुर्घटनामा १४ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए। उनका अनुसार घाइतेको संख्या एकिन नभए पनि २० जना घाइते भएको हुनसक्ने अनुमान गरिएको छ। उद्दार कार्य जारी रहेकोले अहिले यसै भन्न नसकिने उनको भनाइ छ। बस आज बिहान सवा ८ बजेतिर दुर्घटनामा परेको थियो। थप बिवरण सहितको यो भिडियो हेर्नुहोस ।