प्रहरी परिसरमै लाठीचार्ज, श्रीमानसंगै सुतेकी श्रीमती झुण्डिइन्, बहिनीले खुलाईन बास्तविक कुरा (भिडियो)

पोखरा १० की ममता मल्लको हत्या कि आत्महत्या भन्ने सम्बन्धमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । २४ वर्षकी मल्लको मृत्युप्रकरणको विषयलाई लिएर माईति पक्षले छनविनको माग गरिरहेका बेला आफुहरुले कानुन अनुसार अनुसुन्धानलाई अगाडी बढाईरहेको प्रहरीले बताएको हो । ममता बिहिबार दिउँसो आफ्नी छोरीलाई खाजा पुर्याएर फर्किए लगत्तै आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिईन् । यद्यपि सो समयमा मल्लका श्रीमान मनिष समेत घर मै रहेका बुझिएको छ । मृतक मल्लको शरीरमा निलडाम र तिखो वस्तुले गोपे जस्तो दाग देखिएका कारण उनको आत्महत्या नभई हत्या नै गरिएको हो, भनि किटानी जाहेरी दिन खोजेपनि प्रहरीले त्यसलाई इन्कार गरेको माईति पक्षले आरोप लगाएका छन् । मृतक मल्लको पक्षमा न्याय तथा दोषि उपर आवाश्यक कानुनी कार्वाहीको माग गर्दै उनिहरुले शनिबार जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी समेत गरेका छन् ।
ममताकी बहिनी बबिता शाहिका अनुसार दिदिको बिहे भएको ५÷६ वर्ष जति भयो, तिन वर्षकी एक छोरी पनि छिन्, मेरी दिदि अहिले २५ वर्षकी भईन्, उनको बिहे भएको यत्तिका समय भएपनि टिकाटालो भने भैसकेको थिएन्, बाबा विदेशमा हुनुहुन्छ, भिनाजुले दिदिलाई घरिघिर टिकाटालोको दवाव दिनुहुन्थ्यो, उनिहरु कहिले काही यहि विषयमा झगडा पनि गर्थे, तर शुक्रबार भिनाजुले कल गरेर जे कुरा सुनाउनुभयो, मैले त्यसलाई विश्वास गर्न सकिन्, म हठाट दिदिको घरमा पुग्दा मैले दिदिको लास देखे तर, श्वास भेट्न सकिन् । हेनुहोस् यो भिडियो