राम र प्रमोदले अहिलेसम्मकै ठूलो सम्मान पाउँदा बिकासले रामलाई यस्तोसम्म भने,सबैका आँखा रसाए (भिडियो हेर्नुहोस)

भ्वाइस अफ नेपालको उपादी आफ्नो हातमा पार्न सफल राम र फाइनल सम्म पुग्न सफल बिकास पहिलोपटक झापा पुगेर तहल्का मच्चाएका छन । बिकास र राम मात्र नभइ प्रमोद खरेल समेत झापा पुगेका छन । लाखौ प्रस्तिस्पर्धीलाई पछि पार्दै रामले उपादी उचालेका थिए ।

प्रमोद खरेलले स्टिल गरेर फाइनलसम्म पुर्याएका रामले अन्ततः जितेरै देखाए । सबै नेपालीको साथ पाएका राम एतिबेला भावुक छन । सामान्य जीवन बिताइरहेका बिका र रामले अहिले नसोचेको सफलता हात पारेका छन । भ्वाइस अफ नेपाल सिजन दुईको बिजेता बन्न सफल राम लिम्बु र फाइनलसम्म पुग्न सफल बिकास गृहजिल्ला झापामा आइपुगेका छन । बिर्तामोड निवासी बिकास र राम लिम्बू पछिल्लो समय एकपछी अर्को राम्रो प्रस्तुती दिएर लोकप्रीय बनेका थिए ।

हरेक हप्ता निकै राम्रो गाउने रामले अन्तत उपादी नै जितेका छन । मीठो स्वर र गायकीले सुरुदेखि नै रामलाई उपादी जित्ने दाबेदार मानिएको थियो । धेरै राम्रो गाउने राम र बिकासले प्रत्येक हप्ता सबैलाई चकित पार्दै आएका थिए । बिमानस्थलमा पुग्नेबित्तिकै सबै मान्छेले एकै स्वरमा राम राम राम भन्ने आवाज आइरहेको थियो भने अर्कातर्फ बिकास । बिकाश निकै भावुक थिए ।

आज उनि आफ्नो जिल्ला आफ्नो ठाउमा पुगेपछि हजारौं संख्यामा मान्छेको भिड थियो । एअरपोर्टमा उर्लिएको जनसागर र त्यहाँ गरिएको स्वागत साथै सबैले गरेको सम्मान देखेर राम बिकास र प्रमोद खरेलका समेत आँखा रसाएका छन । एक कार्यक्रममा सहभागिता जनाउन पुगेका बिकासले रामलाई यस्तोसम्म भन्दा सबै दर्शक भावुक बनेका छन । राम र प्रमोदले पाएको सम्मान देखेर राम र प्रमोदले पनि आँसु थाम्न सकेनन तलको भिडियोमा हेर्नुहोला