बरु म तिमिलाई १० हजार दिन्छु भोट मलाई दिनु।

आर्यन सिके – अबुधबी संयुक्त अरब इमिरेट्स
जताततै चुनाबको माहोल सबै जना आफ्नो पार्टीकै प्रचार प्रसार र उम्मेद्वारलाई सहयोग, हरेक चुनाबहरु जस्तै यो पनि मेरो लागि पहिलो मतदाताको रूपमा भइरहेकै थियो। सबै नेताहरु तेहि घोषणा अनि प्रतिज्ञा गर्दै थिए सदरमुकाम सङ बाटो जोड्ने, फोक्से खोलाको खानेपानी, गैरिखेतको सिंचाइ अनि खहरेखोलामा झोलुङ्गे पूल । यहाँ बिद्यालय त्यहाँ स्वस्थ्या चौकी । मलाई अझै पनि याद छ मेरो हजुरबुबा बाबा हरुले भन्ने गर्थे नेता हरु यही भन्ने गर्थे पहिला पनि तर आश्वासन नदोहोरिएका होइनन् । तर बिकास भयेको केही छैन ।

गाउमा सबै जनता सोझा पढाई कम, सबाल जवाफ नगर्ने भएर होला नेताका हरेक भासणमा ताली नबजाउने कोहि हुने थिएन सुकिला कपडा चिल्ला अनुहार र गाडी तर जनता आशावादी अनि मख्ख थिए। म अचम्म पर्थे ३ पुस्ता एउटै बाचा अनि बिकासको केही भयेको थिएन तर गाउलेको उत्साह देखेर मनमनै खुल्दुली हुन्थ्यो । पक्कै पनि पहिलो पटक चुनाबमा भाग लिन गइरहेको छु बाउबाजेको भन्दा फरक गर्ने सोचमा थिए चुनाब नजिकैदै थियो घरदैलो कार्यक्रम भेटघाट पनि बढिरहेको थियो ।अलग अलग पार्टीहरु नया नया आश्वासन कोहि मासु भात भन्थे त कोहि जिन्सी लत्ताकपडा र नगद भन्थे ।

यसै क्रममै मलाई पनि लालचहरु आए। तर मैले उम्मेद्वारलाई स्वम भेटेर एउटा नया कुरा मागे जुन कुरा नेताज्युले स्विकार्दै हुन्छ भन्दै २ दिन भित्र उपहार दिने वचन दिनु भयो। म एउटा बेरोजगार मान्छे देशको परिस्थिति अनुसार आफ्नो कर्म र भाग्यलाइ गाली गर्दै बसेको मान्छेले नेताको प्रतीक्षामा थिए। २ दिन पछी नेताजी खाली हात आउनु भयो र भन्नू भयो भाइ तिमिले आफ्नो बेरोजगारी गुजाराको लागि एउटा गधा मागेका थियौ तर गधाको मूल्य २० हजार रहेछ। बरु म तिमिलाई १० हजार दिन्छु भोट मलाई दिनु।

त्यसपछि मैले भने माफ गर्नु नेताज्यु हजुरसङ एउटा गधा किन्ने हैसियत छैन भने म त एउटा मान्छे हुन जुन हजुर ले भोट सङ किन्ने आट गर्नुभयो। लज्जास्पद भएर जानू भयो। तसर्थ चुनाब ताका यस्ता गतिविधिको पछाडि नलागी बिकास र मुद्दालाई प्राथमिकता दिउ । हाम्रा अग्रझ हरुले पनि नेता हरु सङ सबाल जवाफ बिकास मागेको भए हामी यो स्थितिमा हुने थियेनौ । चेतना भया धन्यवाद