संसारले चिनेको नेपाली बिल गेट्स मुनि शाक्य नेपालमा नै गुमराहमा किन?

रामकुमार श्रेष्ठ***

आइबिएम कम्पुटरभन्दा २ बर्ष पहिला नै १९७९ मा माइक्रो कम्पुटर, एउटै कम्युटरमा भएको कामलाई २०० भन्दा बढी कम्प्युटरबाट हेरन सकिने सुपर कम्पुटर २००६ मा, १९८३ मा देवनागरी पहिलो नेपाली कम्प्युटर र अहिले ३५ वाटमा चल्ने टेरेवाइट क्षमताको ग्रीन कम्प्युटर, १० बर्ष अगावै नेपालीमा बोल्ने रोबर्ट, एक दशक अगाडिदेखि नै कालिकोट जस्तो बिकट ठाउँमा स्वास्थ्य सुबिधाको अभावमा स-साना समस्याका कारण मानिसको मृत्यु भैराखेकोले आँफैले बनाएको ग्रीन कम्प्युटर मार्फत पहिला प्राबिधिकलाई तालिम दिएर Telemedicine in Kalikot कार्यक्रम मार्फत काठमाण्डौंबाट नै डाक्टरको सुबिधा अनलाइन उपलब्ध गराएर अहिलेसम्म हजारौंको ज्यान जोगाउने लगायत थुप्रै आबिस्कार गर्ने नेपाली बैज्ञानिक ७० बसन्त पार गरिसकेर पनि अझै सकृय मुनि शाक्यलाई १९७९ मा नै माइक्रो कम्पुटर बनाए लगत्तै चिनिया दूताबासबाट एकजना आएर भेटेपछि उन्का बारेमा झन्डै ८० भाषामा प्रकाशित समाचार मार्फत उहाँको आबिस्कारबारे त्यही बेलामा नै संसारभरी सनसनी फैलियो ।

नेपाली कम्प्युटर बैज्ञानिक शाक्यद्धारा बिकास गरिएको प्रबिधि जापानिज नागरिकले समेत किनेर लगेका छन ।

अमेरिकामा बस्न गरिएको आग्रहलाई इन्कार गरेर देश फर्कनु भएका शाक्यले १९८३ मा देवनागरी पहिलो नेपाली कम्प्युटर ल्याएपछि भारतद्धारा गरिएको त्यस्तै आग्रहलाई स्वीकार्ने कुरै भएन । नेपाल सरकारले उहाँको महत्वलाई बुझ्न सकेको भए उहाँको दक्षता मार्फत भारतबाट मात्रै करोडौं कमाउन सक्थ्यो त्यो बेलामा । अफसोंच, संसारले चिनेको उहाँलाई अहिलेसम्म देशले चिन्न र बुझ्न सकेन ।

एकदिन एकजना बिचौलिया आए उनीसंग सयौं कम्युटरको मागको प्रस्ताब लिएर, तर सो प्रस्ताबसंगै अर्को प्रस्ताब राखे ४०% रकमा पहिल्यै बुझाउनु पर्ने शर्त । उनी ज्ञानका कारण नेपाली बिल गेट्स थिए धनका होइनन । हामीले उन्लाई धन र ज्ञानका बिल गेट्स बनाएर देशलाई समृद्ध बनाउनभन्दा उहाँलाई प्रयोग गरेर आफू धनका बिल गेट्स बन्न खोज्ने प्रबृत्तिले उहाँको अथाह क्षमतालाई गुमराहमा पारिएको हो । समयमा नै उहाँको महत्वलाई देशले बुझ्न सकेको भए उहाँको क्षमता मार्फत मात्रै पनि देशलाई आर्थिक र प्राबिधिक दृष्‍टिकोणबाट धेरै अगाडि बढाउँदै देशकै छबी माथि उठाउन सक्षम भैसकेका हुन्थ्यौं ।

जसरी नेपालका संस्थानहरुलाई लैनो गाई बनाएर संस्थानहरुलाई डुबाउँदै त्यहाँका कर्मचारीहरु मोटाउने संस्कारको प्रबलताका कारण देशको हविगत बर्तमान अवस्थामा आइपुगेको छ त्यस्तै लैनो गाई मुनि शाक्यलाई पनि बनाउने प्रबृतिले प्रबृत्तहरुको हावीका कारण उनी जस्ता ब्यक्ति गुमराहमा परिराखेको छ ।

तात्कालिन प्रधानमन्त्रीहरु लोकेन्द्र बहादुर चन्द र मरिचमान सिंह र कयौं मन्त्रीहरु शाक्यकै निवासमा जानु भएको छ भने ताकालिन प्रधनमन्त्री डा बाबुराम भट्टराईले उहाँ लगायत धेरैलाई आफ्नो कार्यकक्षमा बोलाएर उहाँको कुरा सुन्ने काम पनि भए, तर सबै औपचारिकतामा नै सीमित भए । र पनि उहाँले आफूले सक्ने गरिराख्नु भएकै छ आफ्नै सीमित साधन र श्रोतका बाबजुद र आफ्नै घरमा बिज्ञान, प्रबिधि र कम्युटर संग्राहालय स्थापना गर्ने प्रकृया अगाडि बढाइराख्नु भएको छ जुन हेर्न र उहाँका मुखारबिन्दबाट नै कुराहरु सुन्न कम्प्युटरसम्बन्धी अध्ययनमा लागेका बिद्यार्थीहरुको भीड लाग्ने गर्छ ।

बिज्ञान र प्रबिधिको आजको जमानामा पनि जुन देशमा कूल बजेटको १.१% मात्रै बिज्ञान र प्रबिधिमा छुट्याइन्छ र मन्त्रीको लिस्टमा नाम दर्याउनका लागि मात्रै कसैलाई मन्त्री बनाएर बिज्ञान तथा प्रबिधि मन्त्रालयमा पठाउने प्रचलन छ त्यो देशमा शाक्य र नयाँँ पुस्तामा देखा परेका होनहार बैज्ञानिकहरु गुमराहमा पर्नु पारिनु स्वाभाबिकै हो । यो संस्कार नेपालभित्र मात्रै नभएर नेपाल बाहिरको नेपाली समाजमा पनि उत्तिक्कै हावी भएको देखिन्छ – जहाँँ जानु बारी, कर्कलाको घारी । र पनि “सतीले श्रापेको देश” भन्नबाट देशले एकदिन मुक्ति पाउने नै छ भन्ने कुरामा आशाबादी छौं हामी ।

नोट: राती अबेर भएका कारण शाक्यले आफ्ना आबिस्कारहरु देखाउन पर्ने सबै देखाउन नसक्नु भएकोले निकट भबिस्यमा लामो समय बिताउने गरी आउने प्रतिबद्धता ब्यक्त गर्दै छुट्टियौं ।

*** [लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) का ग्लोबल सल्लाहकार रामकुमार श्रेष्ठद्धारा सामाजिक सन्जालमा राखिएको यो सामग्री पठनिय भएकोले सबैको जानकारीको लागि हामीले प्रकाशित गरेका छौं । – सं]

@Ramkshrestha