खेलमा केही छैन भन्नेलाई गतिलो उदारण, गौरीकाले पाउने भईन एक्लै ५६ लाख भन्दा बढी (भिडियो सहित)

प्रधानमन्त्री केपी ओलीले १३ औं सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेसँगै सागमा नेपालका लागि सर्वाधिक स्वर्ण जित्ने गौरिका सिंहले पुरस्कार पनि सबभन्दा धेरै पाउने भएकी छन् । बुधबार बालुवाटारमा प्रधानमन्त्रीले गरेको घोषणामा सागमा दुई वा दुईभन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख पुरस्कार दिने घोषणा गरे । यस हिसाबले सागमा ४ स्वर्ण जित्ने गौरिका सिंहले ४४ लाख पाउने छिन् । यस्तै, रजत जित्नेलाई ६ लाख घोषणा गरिएअनुसार २ रजत जितेकी गौरिकाले थप १२ लाख पाउनेछिन्। यसरी हेर्दा उनले कम्तिमा ५६ लाख पाउने छिन्।

१३औँ दक्षिण एसियाली खेलकुद ९साग० मा गौरिका सिंहले चौथो स्वर्ण जित्दै कीर्तिमान बनाएकी छिन् । सातदोबाटोमा भएको १०० मिटर फ्रीस्टाइलमा गौरिकाले स्वर्ण जितिन् । उनले निर्धारित दुरी ५८ दशमलव १३ सेकेण्डमा पूरा गरिन् । उनले भारतीय शिवांगी शर्मालाई पराजित गरिन् । शिवांगीले निर्धारित दुरी ५८ दशमलव १५ सेकेण्डमा पूरा गरिन् । गौरिकाले आइतबार मात्रै एउटै सागमा तीन स्वर्ण जित्ने कीर्तिमान बनाएकी थिइन् । सोमबार थप एक स्वर्ण जित्दै दीपक विष्टसँगको कीर्तिमान बराबरी गरेकी छिन् । विष्टले आठौँदेखि एघारौँ सागमा चार स्वर्ण जितेका थिए । योसँगै गौरिका ३५ वर्षे सागको इतिहासमा एउटै सागमा चार स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छिन् । १३औँ सागमा गौरिकाको यो चौथौ स्वर्ण हो । यसअघि उनले ४ सय मिटर फ्रीस्टाइल, २ सय मिटर ब्यास्ट्रोक र २ सय मिटर रिलेमा स्वर्ण जितेकी थिइन् ।

हेरौ गौरीकाको भाइरल यो भिडियो र उहाँको सम्मानमा एक सेयर पनि गर्नुहोला ।