सार्कीले आफुलाई शर्मा बताउदा घरबार बिग्रियो, आफ्नो पहिचान दिन किन लाज ? (भिडियो सहित)

अझै पनि हाम्रो समाजमा कहिँ कतै छुवाछुत पूर्ण रुपमा अन्त्य भएको देखिदैन भने अर्को पाटो आफ्नो जातलाई गर्बका साथ् भन्न र देखाउन नसक्ने हरु पनि यदा कदा नभएका भने होइनन l त्यसो त सरकारले छुवा छुत पूर्ण रुपमा अन्त्य गरेको अबस्थामा बाहुन , क्षेत्री , मगर गुरुङ , तामांग , दमाइ , कामी, सार्की लगायत हरेक जात जातिले आफ्नो जातलाई गर्बका साथ् पहिचान गराउनु पर्ने तर अझै पनि कहिँ कतै आफ्नो पहिचान आफ्नो जात लुकाएको देखिन्छ , यदि आफ्नो जात प्रति आफुलाई गर्ब छैन भने हामी अधिकारको कुरा खोज्नुको कुनै अर्थ रहदैन l

४ जात ३६ बर्णको फुलबारी नेपालमा हरेक धर्म जात जाती हरुको भाइ चरा सम्बन्ध रही आएको छ तर पछिल्लो समयमा आफ्नो जात आफैले लुकाउने विकृतिले समाजमा भर सिर्जना गर्नुको साथै धेरैको घरवा पनि बिग्रिएको घटना सुन्दै आएका छौ l हो सोहि बिसय बस्तुलाई समेटी फरक कथा बोकेको गीत “कसम ” बजारमा सार्बजनिक भएको छ जसको प्रस्तुत कर्ता छाँया पन्थ हुन् भने सोहि गीतमा राजकुमार बगरको लय, प्रकाश थापा र वाग्देन लामाको सब्द रहेको छ भने बिष्णु भट्टराईको निर्देशन छायांकन तथा सम्पादन रहेको छ भने छायाँ पन्थ , सबिन बराल, मीरा महोत्रा, कुलचन्द्र पुरी , ललित भुसाल, चिरन बराल लगायतका कलाकारको अभिनय रहेको छ l

बुटवलको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोको दृश्य निर्माण अविरल फिल्म्सले गरेको छ भने सगुन शर्माको श्रीन्गार रहेको छ साथै स्वाभिमान क्रियशन प्रालिले बजार ब्यबस्थापन गरेको गीतमा आफुले आफ्नो पहिचान लुकाएर बिहे गरेपछि जब आफ्नो वास्तविक पहिचान बाहिर आउछ त्यसले निम्त्याएको समस्यालाई भिडियोमा प्रस्तुत गरिएको छ l साथै हामी हाम्रो पहिचान गर्बका साथ् प्रस्तुत गरौ , अधिकारका कुरा गर्ने हामी हाम्रो पहिचान किन लुकाउने भन्ने संदेश सहित बजारमा आएको गीतले हाम्रो समाजको वास्तविक बिसय बस्तुलाई समेटेको छ हेरौ सार्बजनिक भिडियो ।