राजनैतिक आचरण र बिकाश

आर्यन सिके – हाल अबु धबी, संयुक्त अरब इमिरात
राजनीति नै देशबिकाश तथा आमुल परिबर्तन गर्ने एउटा कडी हो। राजनीतिमा भने खराब आचरण भएका नेताहरु देशमा भए त्यो भन्दा अर्को दुर्भाग्य देशको लागि नहुने सबुत बेला बेलामा हाम्रा देशका राजनीतिज्ञहरुको ब्यबहार बाट प्रस्ट भएको छ । देशको सबै सुख, सुबिधा, भत्ता लिएर पनि जनता र देशको पक्ष्यमा एउटा सिन्को पनि नभाच्ने हाम्रो देशका नेताहरुले केहि त तलको कुराहरुबाट सिक्नु पर्ने छ।

म आज हाम्रै छिमेकीमुलक भारतका दिल्लीप्रदेशका मुख्यमन्त्रीको बारेमा केहि कुरा भन्न गहिरहेको छु। भ्रस्टाचार बिरोधि आन्दोलन बाट आफ्नो आयकर बिभागमा कार्यरत सरकारी कर्मचारी अरविन्द केजरिवाल २०१५ को दिल्ली प्रदेश चुनाबमा जम्मा ७० मध्ये ६७ सिटमा जित हासिल गरि दिल्लीको मुख्यमन्त्री भएका थिए । उनले गरेका लोकप्रिय कामहरु निम्न छन् ।

१: प्रति घर २० हजार लिटर पिउने पानी निशुल्क ।, २: प्रतिघर २०० युनिट बिजुली निशुल्क ।, ३: प्रत्येक व्यक्तिलाई निशुल्क प्राथमिक स्वास्थ्य सेवा ९ जाच, परामर्श तथा औषधि।, ४: सरकारी स्कुल हरुमा भौतिक तथा गुणस्तरीयमा व्यपाक सुधार ९११००० हजार सरकारी स्कुलको बिस्वस्तरिय सुबिधा सहित। , ५: महिलाहरुको लागि सरकारी यातयात सेवा सित्तैमा ।, ६: निशुल्क इन्टरनेट सेवा प्रतिव्यक्ति १५ जीबी डाटा प्रति महिना ।,: भ्रस्टाचारमा पूर्ण रुपमा नियन्त्रण।, ८: २०१५ को तुलनामा बजेटमा १००५ वृद्धि।

मैले यी सबै कुराहरु उठाउनुको कारण भनेको राष्ट्र नीतिनिर्माता तथा शासन गर्ने नेताहरुमा इच्छाशक्ति, शिक्षित, कुशल र दृढ अठोट भए राज्यमा आमुल परिबर्तन गर्न कत्ति समय नलाग्ने घटनाको उजागर मात्र गर्न खोजेको हु । हुनत उनको राज्यसरकार र केन्द्र सरकार फरक विचार र पार्टीको भएर पनि समन्यमा जति बिघ्न बाधा भए पनि आखिरकार उनले जनतामा देखिने र राहत हुने काम गरेर दुनियामा।

प्रशंसाका पात्र बनेका छन्। दिल्लीको अहिलेको जनसंख्या लगभग २ करोड छन् अनि त्यसो त झन् भारतको राजधानी पनि भएकोले अनेक किसिमका चुनौतीका बाबजुद पनि ५ बर्ष को एकदम छोटो अबधिमा भएको प्रगति चाही सानो कुरा भन्ने पक्कै होइन । तेसै गरि भारतकै अर्को प्रदेश उत्तर प्रदेशको जनसंख्या २२ करोड छ। त्यहा जम्मा ८० वटा चुनाबी क्षेत्र छन् अनि केन्द्र सरकार सहित २५ जना को मन्त्रिमडल छन् ।

दुर्भाग्यबस, हाम्रो देशमा लगभग ३ करोडको मातहतमा रहेका जनतामा २७५ सांषद, ५५० प्रदेश सांषद, केन्द्र सरकारमा २५ जना मन्त्रिहरु, ७ प्रदेश सरकारका १७५ मन्त्रिहरु, सभामुख उपसभामुख गरेर २० जना बढी, ४६० भन्दा बढि स्थानिय निकाय र सरकार तथा जनप्रतिनिधि रहेको हाम्रो जस्तो देशको अर्थतन्त्र भएको मुलकले के साच्चै धान्न सक्छ। सफा मन दृढसंकल्प लगनशील जनताप्रतिको कर्तव्यबोध भए दुइ तिन सय बर्षको पुरानो हाम्रो इतिहास बदल्न धेरै समय नलाग्ने घटनाहरु उल्लेख गर्न चाहेको मात्र हु।