रामलाई स्टेजमै आयो प्रेम प्रस्ताव, घुडा टेकेर युबतिले दिइन गुलाब, सबै दर्शक परे छक्क (भिडियो )

झापा बिर्तामोडमा सामान्य परिवारमा जन्मिएका राम व्यबहारले च्यापेपछी वैदेशिक रोजगारीका लागि हिडेका थिए । बिर्तामोडमा मम पसलसम्म गरेका राम बिदेशीने पक्का नै भएपछी काठमाडौ पुगेका थिए । उनका भाइ लक्ष्मणले दाजुको भित्री कला चिनेका थिए । काठमाडौमै भएको बेला एकपल्ट भोइसमा भिड्न कर गरेपछी भाइका लागि अडिसन दिएका रामले अहिले नसोचेको सफलता कमाएका छन ।

भोइस अफ नेपालका अन्तिम चार पुग्न सफल राम लिम्बु आज गृहजिल्ला झापामा आइपुगेका छन । भोइस अफ नेपालको फाइनल नजिकिदै गर्दा राम एकाएक झापा पुगेका छन । एअरपोर्ट पुग्ने बित्तिकै धेरै संख्यामा उपस्थित उनका समर्थक तथा आफन्तले गरेको स्वागतमा राम लिम्बुले भावुक हुँदै आँसु नै खसालेका थिए । रामले गृहनगर बिर्तामोडमा गज्जबकै प्रस्तुती दिए । हजारौ दर्शक रामसंगै झुमेका थिए ।

प्रस्तुतिकै क्रममा एक्कासी एक युवती आएर घुडा टेकेर गुलाबको फुल नै दिएर प्रेम प्रस्ताव राखेकि छिन । रामले पनि त्यो गुलाबको फुल लिएर ती युवतिलाई अंगालो हाल्दा सबै दर्शकहरूले तालीको बर्षा नै गरेका थिए । झापा बिर्तामोड निवासी राम लिम्बू पछिल्लो समय एकपछी अर्को राम्रो प्रस्तुती दिएर लोकप्रीय बन्दै गइरहेका छन । हरेक हप्ता निकै राम्रो गाउने रामलाई कोचले समेत खुलेरै तारिफ गर्ने गरेका छन ।

मीठो स्वर र गायकीले रामलाई उपादी जित्ने दाबेदार पनि मानिएको छ । धेरै राम्रो गाउने रामले प्रत्येक हप्ता सबैलाई चकित पार्दै आएका छन । रामले अहिले देश तथा बिदेशमा तहल्का नै पिटिरहेका छन । झापा भद्रपुरको बिमानस्थलमा पुग्नेबित्तिकै धेरै मान्छेले एकै स्वरमा राम लिम्बू भन्ने आवाज आइरहेको थियो । आज उनि आफ्नो गृहजिल्लामा पुगेपछि हजारौं संख्यामा मान्छेको भिड थियो ।

एअरपोर्टमा उर्लिएको जनसागर र त्यहाँ गरिएको भब्य स्वागत देखेर रामले भावुक हुँदै आँसु नै झारेका थिए । त्यसपछि बिर्तामोडमा विभिन्न गित गाएर सबैलाई झुमाउने क्रममा एकाएक एकजना युबतिले यसरी प्रेम प्रस्ताव राखेकी छिन तलको भिडियोमा हेर्नुहोला |