एकदिन उहाँले मलाई फोनमा झपार्नुभयो? होइन तिमी ताँई न तुँईको स्टाटस लेखेर फेसबूकमा समय बर्बाद किन गर्छ्यौ हँ?

लेखिका तथा समाजसेवी दीपशिखा शर्मा आफ्नो फेसबुक वालमा महिलाप्रती समर्पित, सामाजिक, ज्ञानबर्धक र समसामयिक बिषयमा आधारित अभिव्यक्तिहरु बेला बेलामा लिएर आउने गर्छिन । त्यस्तै आज एउटा दुख: लाग्दो स्टाटस पोखेकी छन् । यस्तो छ उनको लेख जस्ताको तस्तै :

अक्सर फेसबुक स्टाटसमा लेखिएका मेरा अभिव्यक्तिहरु महिलाप्रती समर्पित , सामाजिक , ज्ञानबर्धक र समसामयिक बिषयमा नै हुने गर्दछन् । भुलेर पनि मैले कहिल्यै मेरो व्यक्तिगत जीवनलाई लक्षित गरेर लेखिन । कहिल्यै पनि घमण्ड म मा पलाएन । सधैं आफूलाई एउटा सामान्य मानिसको दर्जामा राखेर मैले मेरो जीवनको नौका अगाडि बढाएको छु । आजसम्म मैले कसैलाई नियतबस भनी बिराएको छैनजस्तो लाग्छ । तर अफसोस ! फेसबूकको भित्तामा लेख्दापनी कसै कसैलाई यति जलन हुदोरहेछ कि मानौं मेरो लेखाईबाट ऊनीहरु जिउँदै जलेका छन्। जसको कारण हो ईर्ष्या !

जसले यो समाजको लागि केहि गर्न सक्दैन, सिर्फ आफ्नो परिवार र दालभातको जोहो गर्दैमा त्यसलाई नै सगरमाथा ठान्नेहरु उनिहरुलाई के थाहा परिवार बाहिर पनि समाज छ भन्ने कूरा? जीवन के हो ? यस संसारमा मान्छे भएर जन्मिइसकेपछि मानव मानव बिच आपसी सहयोग, भाईचाराको भावना एवं मानवीय धर्म निर्वाह गर्नसक्नु नै वास्तविक जीवन हो भन्ने थाहा नभएकाहरुलाई सिर्फआफ्नो परिवार र व्यक्तिगत अभिष्टपूर्तिको लागिमात्र कामगर्ने र त्यसैलाई जीवन ठान्नेहरु एवं दालभातको लागिमात्र बाँच्नेहरुलाई अरुले गरेको समाजप्रतिको रचनात्मक कार्यहरुमा धावा बोल्ने शौक निकै हुदोरहेछ । त्यस्तै व्यक्तिको सिकार म भएँ।

केहिदिन अगाडिको कूरा हो, फेसबूकको भित्तामा फुर्सदको समयमा लेखिएको मेरा अभिव्यक्तिहरु देखेर एकजना आफन्तलाई सारै जलन र ईर्ष्या भएछ क्यार। एकदिन उहाँले मलाई फोनमा झपार्नुभयो? होइन तिमी ताँई न तुँईको स्टाटस लेखेर फेसबूकमा समय बर्बाद किन गर्छ्यौ हँ? के तिम्लेजस्तो हामीले लेख्न जानेका छैनौं ? अरुले लेख्न जानेका छैनन् ? तर किन लेख्दैनन् ? सधैं फेसबूकमा झुण्डिएर हुने नहुने लेखेर कति ठूली भयौ तिमी ? ओहो ! तिम्रो लेखले कति पुरस्कार जित्यौ ? होइन तिमीलाई कति न मान सम्मान गरे होइन ? फ़ेरि रिसाउने काम नगर्नु , मैले तिमीलाई गाली गरेको होइन सुझाव दिएको हो ……….. ??लिने नलिने तिम्रो काम ।

मेरो भन्नु केहि छैन । …………………..?? त्यसको भोलिपल्टदेखि थाहा छैन किन ? स्टाटस भनेपछि मनै मरेर आउँने । कलम चलाउन हात नै अगाडि नबढ्ने । एक किसिमको बितृष्णा पैदा हुने । कलमको माध्यमबाट पनि समाजलाई सहि दिशानिर्देश गर्न सकिन्छ भन्ने मेरो मान्यतामा अनायास पूर्णबिराम लागेको छ । एक्कासि मलाई किन यस्तो भयो ? बिगत १५ बर्षदेखि लगातार कलम चलाईरहेकी म मेरो जीवनमा आएका दुइजना व्यक्तिबाट यति फ्रस्टेड भएँ कि धेरै समयसम्म मेरो कलम रोकिएको रोकियै भएको छ ।

एउटा उपन्यास र कथा संग्रह उहिल्यै सकिएको हो त्यो पनि विविध कारणवश छाप्न सकिरहेको छैन । लाग्छ केहि काम गर्नको लागि पनि उपयुक्त माहौल र हौसला चाहिने रहेछ । त्यो मैले कहिल्यै पाईन । यसरी कसैको व्यक्तिगत जीवनमा आँच आउने गरी झपार्ने र मनोबल गिराउने कोशिश कसैले नगरेको राम्रो ।
शुभ रात्री