माननीय बिद्या भट्टराईलाइ मन्त्रि बनाको हामी हेर्न चाहान्छौ : मुख्यमन्त्री गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा जीत प्राप्त गरेपछि आज पोखरामा विजयसभाको आयोजना गरेको छ । सभामा नेकपाका गण्डकी प्रदेशका इन्चार्ज एवम् मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित विद्या भट्टराईलाई बधाई दिनुभयो ।

उहाँले विकास र राष्ट्रियता बचाऊ अभियानमा कम्युनिष्ट पार्टीको विकल्प हुन नसक्ने भन्ने सन्देश उपनिर्वाचनले दिएको उल्लेख गर्दै जनताले सरकारको लिएको विकास निर्माणको नीतिलाई उपनिर्वाचनको माध्यमबाट अनुमोदन भएको स्पष्ट पार्नुभयो । राष्ट्रिय स्वाधीनता र ‘समृद्ध नेपाल र सुखी नेपाली’को सरकारको नीतिको पक्षमा जनताको अभिमत रहेको उल्लेख गर्दै उहाँले अर्को पटकको आम निर्वाचनमा नेकपाले दुई तिहाइ स्थानमा जीत प्राप्त गर्ने जिकिर गर्नुभयो ।

हेर्नुहोस भिडियो