पोखरामा पहिरोले पुर्दा एकै गाउँका पाँचको मृत्यु, शब लिन आफन्त पोखरामा (भिडियो)

आईतबार पोखरा महानगरपालीका वडा नंं २० मौजामा सडकको नाली खन्ने क्रममा पहिरोले पुरीएर पाँच जनाको ज्यान गएको छ । सल्यान जिल्लाबाट एक हप्ता अघि मात्र कामका लागी पोखरा आएका उनीहरुको सुख्खा पहिरोका कारण ज्यान गएको हो । पहिलोबाट ज्यान जानेहरुमा गणेश वली, खिमलाल वली, जितबहादुर बस्नेत, चोभान बस्नेत र जोगेन्द्र बुढाथोकी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार पाँचै जनाको शव पश्चिमाञ्चल अस्पतालमा पोष्र्टमाटमका लागी रखिएको छ । शब बुझ्ना गाउँलेहरु सल्यान देखी पोखरा आएका छन् । एकै गाउँका भएकाले सल्यान जिल्ला बागचौर गाउँ नै सोकमग्न भएको छ । महानगरपालिकाको कनेक्टिभिटी रोड योजना अन्तर्गत काम भइरहेको थियो । सातजना कामदार रहेको भए पनि ढिस्को खस्न थालेपछि दुईजना भागेका थिए ।