नेपाल भारत सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने (भिडियो सहित)

नेपाल भारत सीमा क्षेत्रमा काँडेतार लगाउने भन्ने कुराकानी धेरै लामो समय देखिनै चल्दै आएको छ । भारतीय पक्षले पटकपटक गर्ने सीमा अतिक्रमणबाट हैरान भएका नेपाली जनताहरुले यसलाई अभियानका रुपमा लिन खोज्दैछन् । सरकारले साथ दिएमा जनता आफैंले काँडेतार लगाउन सक्ने देखिएको छ । यस्तै अहिले कालापानी, सुस्ता, लिपुलेक लगायतको भुभाग भारतले कब्जा गरेपछि सीमामा तारबार लगाउने कुरा सुरु भएको छ ।

यसै बिषयमा केन्द्रित भयर देश बाहिर रहेर समाजसेवा गर्दै आउनु भएका हेम थापाले पनि यस अभियानका लागि ५० लाख सहयोग गर्ने भनेर फेसबुक वाल मार्फत सार्बजनिक गर्नु भएको छ । थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, नेपाल र इन्डियाको सीमानामा काँडे तारबार लगाऊने मेरो योजना हो । यो काम प्रत्त्यक्ष नेपाल सरकार र इन्डिया सरकारको सहमति बिना सम्भब छैन ।

सम्भब छैन भनेर कानमा तेल लगाएर बस्नुपनि भएन । हामी नेपाल सरकार मार्फत जानुपर्छ , यो राम्ररी मलाई थाहा छ । यो प्रोसेस पनि हुदैछ । अहिले चै हामीले सीमानामा गएर सन्देश मुलक कार्यक़्रम गरू भन्ने मात्र हो । यसमा मैले अहिले नै कसै संग पैसा उठाउने भनेको छैन । यस्तो अवस्थामा पैसा ऊठाएमा यो गलत हुनेछ । सीमानामा जाँदाको खर्च मात्र हो । म पनि सहयोग गर्छु । तर अहिले नै सीमानामा काँडेतार लगाऊने भनेर पैसा नऊठाऊनु होला कसैले पनि ।

समय आएपछि सबैलाई भनौला, अहिले हैन । गरीब दुःखी को पसिना लाई दुरपयोग गर्नु हूँदैन ।’ यो सँगै उहाँले अर्को पनि एक स्टाटस राख्नु भएको छ । उहाँले भन्नुभएको छ, ‘नेपाल सरकारले कानुनी अबरोध लाई खुल्ला गरी जनतालाई सरकारको सहयोग भएमा नेपाल र इन्डियाको सीमानामा पर्खाल सहितको काँडेतारबारको लागि मेरो व्यक्तिगत सहयोग २० लाख देखि ५० लाख रहनेछ । यो मेरो बचन भयो ।