नेपालको राजनीति र बिकाश को ढाचा : आर्यन सीके

आर्यन सीके – हाल अबु धबी
हामी सबैलाई हाम्रा तितामिठा इतिहासबाट बिधित नै भएको कुरा हुन् । नेपाली जनताले धेरै सरकार पार्टी तप्का बिशेस सबैलाई देश बिकाशमा अबसर दिएकै हुन् । दुर्भाग्य भनौ या उचित योजना, दूरदर्शिता और मिशन बिना सानो भन्दा सानो काम त के देश बनाउने दिवा सपना देख्ने हाम्रा देशका जस्ता सुखभोगी नेताहरुको जन्म अहिले सम्म हुन नसकेको नमिठो अनुभव हामीसंग नभएका होइनन।

जनतालाई नया नया सपना, बिकाश अनि रोजगार समानहक अनि जनताका मौलिक हक अधिकार जस्तै शिक्षा, स्वास्थ्य खानेपानी बिधुत यातयात जस्ता सिमित किसिमका अधिकारको प्रत्याभूति अहिलेसम्म हुन नसक्नु एउटा अतिनै दुखको कुरा हो । लगभग ३ करोड जनसंख्या भएको हाम्रो देशमा १ करोड भन्दाबढी युवाहरु काम अनि उच्च शिक्षाको सिलसिलामा संसारका बिभीन्न देश हरुमा अध्यनरत तथा कार्यरत छन् ! बाकी लगभग २ करोड को हिसाब मा बृदा बच्चाहरु तथा बिदार्थीहरुमा पर्दछन ।

बाकी रहेका मध्ये आधा सरकारी कर्मचारी तथा निजी क्षेत्रमा काम गर्छन भने आधा खेति किसान र व्यवसायीहरु छन् । के अब मनमा इच्छा शक्ति, योजना र लक्ष्य हुने भए के देश मा आमुल परिबर्तन नेपाली जनताको भाग्य बदल्न सकिदैन र नेपालमा रहेका कर दाता, बिदेशी सहयोग, रेमिटान्सबाट संकलन गरेको रकम, पर्यटक ब्यबशायबाट प्राप्त गरेका रकमले केहि गर्न नसकिएको हो त ।

बिकाशको रुपरेखा
सरकारको कामकाजलाइ मुल्यांकन गर्नु हर मन्त्रालयबाट तथ्याड़क जारी गर्न आवश्यक छ । गरिबी, शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, आयात, निर्यातमा आकडा तयार गरेर घटाउने, बढाउने लक्ष्य लिएर काम गरे निकै सहज हुने मेरो अनुमान छ। देशमा सरकार छ तर राजकोटमा अस्पताल बनाउन जनताले सहयोग गर्नुपर्ने, देशकै गौरबको परियोजना क्रिकेट स्टेडियम जनताले बनाउने, द्रिघकलिन बिरामी, मुटु तथा मृगौला रोगीलाई जनताले पैसा उठाएर उपचार गर्नपर्ने ।

सरकारलाई कर जनताले दिनेपर्ने, अनि कसरि देश मा सरकार छ भनेर गौरब गर्नु नेपाली जनताले, यो हामी अनि हाम्रो नेपालको लागि यहाँ भन्दा ठुलो दुर्भाग्य के नै हुन सक्छ। र हामी नेपालको मतदाता हौ, हामी आफ्ना नेतालाई कहिले प्रश्न गर्दैनौं, हामी उनीहरूले चुनावमा गरेका प्रतिज्ञाहरूको सूची कहिले पनि राख्दैनौ तेही भएर पनि उनीहरू आफ्ना प्रतिज्ञाहरू र आफ्नो कर्तव्यमा कहिले जिम्मेवारीहरूमा गम्भीर हुँदैनन्। तेही भएर नेता हरुले चुनाबको बेलामा गरेका सबै वाधा हरुको अध्ययन गरेर भेटेको बेला प्रश्न उत्तर गर्ने बानी बसालौ तेसो गर्न सके उनीहरु आफ्नो वाधाहरुमा गम्भीर बन्न सक्छन, नेतासँग निष्कपट हृदय र लक्ष्य छ भने नेपालजस्तो देशमा विकास सजिलैसँग गर्न सकिन्छ , प्रणाली कहिले गलत हुँदैन, अभिप्राय र दृष्टिकोण नै विकासको मूल कारण हो।

लगभग १००% हाम्रो नेताले विश्वभर भ्रमण गर्नुभइसकेको छ तर किन उनीहरूले सोच्दैनन्, हामी कसरी देशको विकासका लागि उचित कार्यगर्न सक्छौं। सरकार अब त उठ कति लिन्छौ यी गरिब निमुखा नेपाली जनताको परीक्षा, कहाँ कहिले साथ दिएनन् २२ सय २४ सय राज्यसमिकरणमा, राणा शासन, फेरि पंचायत भनौ, बहुदल भनौ जनाअन्दोलन देखि अहिले गणतन्त्र सम्म नेपाली जनतालाई के ठिक के बेठिक भनौ मान्दै गयौ , आमुलपरिबर्तन भयो त केवल नेताहरुको निजिजिबन आफु र आफन्तको स्थितिमा भयो।

नेपाली जनताले तिमि हरुको जस्तो विदेशमा उपचार, तिम्रा छोराछोरीको जस्तो बिदेशमा पढाई महँगा गाडी राज्यको दुकुटीमा आँखा लगाएका छैनन् । हुन्छ तिमिहरु गर तेस्को बदलामा कमसे काम सरल औषधि उपचार, शिक्षामा पहुच सरल बजारीकरण, यातयात तथा कृषिमा बजार व्यवस्था , महंगी नियन्त्रण तथा सरकारी कार्यालयमा छिटोछरितो काम र भ्रष्टाचार रोक्न सके पनि ठुलो राहत हुन्छ । अब जनता धेरै नै दुखि भैसकेका छन् कृपया ध्यान राख्नु होला जनतालाई गरेको उपेक्षाको असली बदला चुनाब मा तागतको रुपमा देखाउने छन अझै समय छ अर्को चुनाब सम्म, बाकी रहेको समय देश र जनता प्रति समर्पित हुने प्रेरणा मिलोस् । धन्यवाद ।
आर्यन सीके – हाल अबु धबी – UAE  Facebook