ऋषि धमला, बाबुराम भट्टराई लगायत खडानन्द गुरु तक छोडेनन् निलमणीले ! खतरा कमेडी (भिडियो सहित)

स्कटनेपाल काठमाडौँ!
झापाको गौरादहमा सुरु भएको आध्यात्मिक साँस्कृतिक पर्यटन महोत्सव२०७६ यही मंसिर ८ गते देखि सुरु भएर मंसिर १६ गते सकिने छ।कार्यक्रमको प्रमुख आकर्षणका रुपमा प्रसिद्ध भागवत बाचक ब्यास आचार्य श्री भुवन गुरुको मुखराविन्दबाट संगीतमय भागवत प्रबचन र बिभिन्न संघसंस्था भजन मंडलीहरुबाट कला संस्कृति र धर्मको रक्षा हुने भजनहरुको साथमा आनन्द लिन पाईने छ।

कार्यक्रमको पहिलो दिन् पनि भक्तजनहरुको उल्लेखनीय उपस्थिति रहेको थियो,अर्को अचम्मको कुरा त यो छ कि,हरेक भागवत महापुराणमा बृद्ध बृद्धाहरुको उपस्थिति बढी देखिन्छ,तर यो सात दिन सम्म चल्ने आध्यात्मिक साँस्कृतिक पर्यटन महोत्सवमा स-साना विद्यार्थी भाईबहिनीहरुको उल्लेखनीय उपस्थिति देखिँदा यो कार्यक्रमले एउटा नयाँ ईतिहास रच्ने कुरामा दुईमत छैन।

प्रमुख भागवत बाचकको भुमिका निर्वाह गर्दै आउनुभएका ब्यास आचार्य श्री भुवन गुरु को कथा वाचन र संगीतमय भजनबाट भक्तजनहरु मन्द्र मुग्ध भएका थिए।स्कटनेपालका लागि क्यामेरामा भावना कुमारी धामीका साथमा प्रस्तोता निलमणी भण्डारी गौरादह झापा।

हेरौ भिडियो :