‘बज्राचार्य अवार्ड्स’का लागि फाराम खुल्ला

वल्र्ड बज्राचार्य क्लबले ‘वल्र्ड बज्राचार्य अवार्डस् २०१९’ लागि आवेदन खुल्ला गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत अवार्डसका बारेमा क्लबले जानकारी दिएको हो ।

अवार्ड्सका संयोजक शैलेन्द्रमान बज्राचार्यका अनुसार अवार्ड कार्यक्रम पुस १२ गते काठमाडौंमा आयोजना गरिनेछ ।

विश्वभर बसोवास गर्ने बज्राचार्य कूलका एसएलसीदेखि पिएचडीसम्म उत्कृष्ट नतिजासहित उत्तीर्ण हुनेलाई पुरस्कृत गरिनेछ । त्यसका लागि मंसिर २७ गतेसम्म अनलाइन फारम भरिसक्न पनि क्लबले आग्रह गरेको छ ।

त्यस्तै एकजनालाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट पनि विभुषित गरिने क्लबले जनाएको छ ।