आफ्नो चरित्रहत्या गरेको भन्दै समाजसेवी ईशा गुरुङले साइबर क्राईमको मुद्दा पेश गरिन् !

बेलायतमा बस्दै आएकी समाजसेवी ईशा गुरुङले सामाजिक संजाल फेसबुक मार्फत आफ्नो चरित्र हत्या गरेको आरोपमा एक फेसबुक कर्तालाई बिधुतिय कारोबार ऐन अन्तर्गत साइबर क्राइम मुद्दा दर्ता गरीएको जानकारी आफ्नो फेसबुक मार्फत सार्बजनिक गरेकी छिन। गुरुङले टेकु प्रहरी महाशाखामा उजुरी पेश गरेकी छन् । उनले नेपालमा रहेका कानुनी सल्लाहकार, पत्रकार तथा समाजसेबी र प्रसासनिक निकायका व्यक्तिहरुको सहयोगमा मुद्दा दर्ता गराएकी हुन् । उनि भन्छिन : सामाजिक संजालको दुरुपयोग गरि बिनाकारण आफ्नो चरित्र हत्या गर्नेलाई पहिचान गरि कानुनले कडा कारबाही गरोस ।

उनले लेखेको स्टाटस : नमस्कार / डा अनुपम मंगोल आइडी बाट पटक पटक मेरो चरित्र हत्या गरिएको र मेसेज बक्समा अनावाश्यक टचर दिइएको हुनाले आज यो अपराधी बिरूद्द टेकु प्रहरी महाशाखामा उजुरी पेश गरेको छु , इन्सपेक्टर , कानुनी सल्लाहकार , पत्रकार समाजसेबी गंगा बहिनि लगायत एस पी , डि एस पी चिनिमाया मेडम लगायत हजुरहरू सम्पुरण लाइ धन्यबाद दिन चाहान्छु , अब यस्तो चरित्र हत्या गर्ने दानबहरू कहिले दुष्शाहस नगरोस् , चेतना भया …

समाजसेवी ईशा गुरुङ बेलायतमा रहेर पनि दुखि गरिव , आपत-बिपतमा परेकाहरुलाई निरन्तर सेवा गर्दै आएकी छन् ।