हिमानी शाह छोरा हृ’देयन्द्रलाई लिएर आईन मिडियामा, छोरा भए यत्ति ठूलो, जनताले राखे ठूलो आश (भिडियोसहित)

काठमाडौ । पूर्वयुवराज्ञी हिमानी शाहले शनिबार राजधानीको सिद्धेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नु भएको छ ।

शनिवार काठमाडौँको शान्तिनगरमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालय पुगी एक कार्यक्रमका बीच शैक्षिक सामग्री वितरण गर्नु भएको हो । छोरा हृदेयन्द्र, पूर्व राजकुमारी प्रेरणा शाहसहित राजपरिवारका अन्य सदस्यहरुले शैक्षिक सामग्री वितरण गर्नु भएको थियो ।

बलिउड नायिका मनिषा कोइराला पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । लायन्स ब्लब अफ काठमाडौँ युनिक र हिमानी कोषको संयुक्त आयोजनामा शैक्षिक सामग्री वितरण गर्नुको साथै रक्तदान एवम् स्वास्थ्य परीक्षण शिवीर पनि संचालन गरिएको थियो । हिमानी कोष सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ ।


कती पिडा भयो होला हिमानी तिमिलाई ! पुर्व अधिराजकुमारी हिमानी शाह