”बस आडैमा” नया पन्चेबाजा मौलिक गित सार्बजनिक : देवी घर्ति र देवेन्द्र थापाको स्वरमा (भिडियो सहित)

स्कटनेपाल युके,

बढ्दो डिजिटल प्रबिधिको प्रत्यक्ष प्रभावका कारण पछिल्लो समय केही फराकिलो बन्दै गएको नेपाली सांगीतिक बजारमा हरेक दिन विभिन्न बिधाका गीत सँगै नयाँ कलाकारहरुको आगमन तिव्र गतिमा अगाडि बढेको छ ।

यसै भिडभाड मा एक नया आवाज उदाएको छ उनको नाम हो दिपक परियार। दिपिका म्युजिकको नाम बाट परिचित दिपकले पछिल्लो समयमा निकैनै मिठा मिठा सागीतिक कोसेली हरु पस्की सकेका छन् । अहिले भर्खरै आएको नया पन्चे बाजा गित ”बस आडैमा” सार्बजनिक भएको छ। यस मन छुने पन्चे बाजा गितमा सुमुधुर स्वरकी धनी देवी घर्ति मगर र देवेन्द्र थापाको स्वर रहेको छ भनि लय शब्द दिपक कंडेलको रहेको छ ।

दिलिप रेग्मीको निर्देशनमा तयार भएको पन्चेबाजालाइ दिपिका म्युजिकले बजारमा ल्याकोछ। दुर्गेश थापा, सारिका केसी र मनिष पौडेल लगायत आरति मगरको अभिनयमा तयार भयको उक्त भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन ।

हेर्नुहोस भिडियो :