आजको राशिफल बि.सं. २०७६ साल मंसिर ७ गते शनिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल

आजको राशिफल बि.सं. २०७६ साल मंसिर ७ गते शनिबार ई. सं. २०१९ नोभेम्बर २३, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्गशिर्ष कृष्णपक्ष द्धादशी तिथी, हस्ता नक्षत्र, चन्द्रमा कन्या राशिमा। प्रीती योग, कौलव करण। नेपालमा, सूर्योदय बिहान ०६ः३२ बजे, सूर्यास्त साँझ ०५ः०७ बजे हुनेछ। आज जन्म लिने बच्चाको राशि कन्या हुन्छ। आजको पर्व तथा मुहूर्त– वैष्णव हरुको उत्पत्तिका एकादशी व्रत, शिववास, रुद्रिपुजा जुरेको दिन छ। आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्र ईत्यादीमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । बोद्धिक चिन्तन आदिका क्षेत्रमा उल्लेखनीय लाभ हुनेछ । आफन्तले तपाईंका विचार र तर्कको सराहना गर्नेछन् । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । कल्पना र भावुकतामा रमाउँदा रमाउँदै दिन गएको पत्तो पाउनुहुन्न । आफन्त वा मित्रले आज अप्रत्याशित रूपमा सहयोग गर्नेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –आजको चिन्तन र उपायले काम गर्नसक्छ । विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ, रोकिएका काम बन्ने योग छ । छात्रछात्राको पठनपाठनमा राम्रो प्रगति हुने समय छ । ज्ञानगुनका क्षेत्रमा सक्रिय भइने छ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –आज चतुर्थ भावमा रहेको चन्द्रमाले घरगृहस्थीका झिनामसिना काममा खट्ने प्रेरणा प्रदान गर्नेछ । छरछिमेकी वा साथीभाइका क्रियाकलाप देखेर दिक्क मान्न सकिन्छ । कुनै किसिमको झैझगडा र वादविवाद हानिकारक बन्ने भएकाले सतर्क रहनु पर्छ । किशोर किशोरीमा देखिएको कमजोर मनोभावनाका कारण निराशा हुनेछ । भाइबहिनी र सन्तानपक्षका समस्या र क्रियाकलापसमेत चित्त बुझ्दो हुँदैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –आज पराक्रम र प्रसिद्धि आर्जन गर्न सकिने स्वर्णिम समय हो । अल्छी गरेर वा चुप लागेर बस्नु ठिक हुँदैन । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । सम्मान प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्नेछ । चेलीबेटी वा कुटुम्बका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । विद्वान् र प्राज्ञिक व्यक्तिहरूसित सुमधुर सम्बन्ध कायम हुनेछ । विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –आज नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउने छ । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफलता पाइने छ । सामाजिक र व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने राम्रो मौका छ । छात्रछात्राले कुनै नयाँ विषयको जानकारी लिने दिन छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –साथीभाइ र परिवारका सदस्यहरूले सहयोग गर्नेछन् । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । तर मनमा कताकता दोधारको स्थिति भने आउनसक्छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –आज बाह्रौं चन्द्रमा भए पनि अन्य ग्रहको शुभ प्रभाव भएकाले खासै नराम्रो दिन छैन । तर सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना बनेको छ, सचेत हुनुहोला । दानपुण्य र परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ, सार्वजनिक हीत र परोपकार क्षेत्रमा गरेका लगानीको शुभ परिणाम प्राप्त हुनेछ । रोकिएको आर्थिक कारोबारले गति लिनेछ । खासगरी शैक्षिक प्रयोजनको काममा छात्रछात्राले विदेशयात्राको काम थाल्न आजको दिन अनुकूल हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –आत्मबल बढ्ने छ । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ, छात्रछात्राले उन्नति गर्ने दिन हो । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । सन्तति र भाइबहिनीले समेत सहयोग गर्नाले सन्तुष्टि मिल्नेछ । नाम, दाम र प्रतिष्ठाका लागि प्रयास गरिने छन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –पितृस्थानमा रहेको चन्द्रमाका कारण वंश, कुल र पितृपक्षका विषयमा घोत्लिन मन लाग्नेछ । हाकिम वा अभिभावकका विचारले प्रभावित तुल्याउन सक्छ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । साथीभाइसित भेटघाट हुने योग छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । कर्मक्षेत्रमा मिहिनेतका साथमा खट्ने समय छ । आम्दानीको बाटो सहज छ । व्यापार र कारोबारबाट राम्रो प्रतिफल आउने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –आज भाग्य निर्माणको समय छ । सहयोगको आशामा रहेका व्यक्ति वा असहाय र बृद्धबृद्धाको सहयोग गर्नाले भाग्य अभिबृद्धिमा सघाउ पुग्नेछ । पुराना साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । बन्दव्यापारमा लाभ मिल्नेछ । आन्तरिक प्रतिभाको प्रस्फुटन हुनाले छात्रछात्राले नयाँ ज्ञान प्राप्त गर्ने समय छ । घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –झिनामसिना र सानातिना घरायसी कामहरूमा आजको समय व्यतीत हुनेछ । आठौं घरमा चन्द्रमा रहेको छ, तर राशिमा शुभग्रहको दृष्टि रहेकाले समस्या देखेर भाग्नु हुँदैन, सफलता तपाईंको मुट्ठीमा छ, नत्र पछुतो हुनसक्छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । मिहिनेत र परिश्रमका साथ गरिएको कामबाट लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन, तर स्वास्थ्यस्थिति र आर्थिक पक्ष बलियो भएर आएको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि राम्रो दिन छ । उमङ्ग र स्फूर्तिका कारण शरीर हलुको र फुरुङ्ग हुनेछ । जीवनसाथी वा विपरीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ ।