रविन्द्र अधिकारीलाई माया गर्नेहरुलाई गगन थापाले भने – भोट जतासुकै हाल्नुहोस तर यो कुरा याद गर्नुहोस

पोखराको बसपार्कमा नेपाली कांग्रेसको चुनावी कार्यक्रममा युवा नेता गगन थापाले रविन्द्र अधिकारीलाई स्मरण गरेका छन् । उनले रविन्द्रले गणतन्त्र ल्याउन खेलेको भुमिकाको बारेमा खुलेर प्रशंसा गरेका छन् तर युवा नेता थापाले रविन्द्रले वंश र नाताकै कारण पुरस्कृत र दण्डीत हुने शासनको अन्त्य गरि सबै समान हुने शासन गणतन्त्र ल्याएको बताएका छन् ।

थापाले भने – “गणतन्त्र अर्थात वंशको शासनको अन्त्य, गणतन्त्त अर्थात कसैसंग कुनै नाता भएको कारणले गर्दा दण्ड र पुरस्कार पाउने व्यवस्थाको अन्त्य, गणतन्त्र अर्थात सबै समान । थापाले रविन्द्र अधिकारी भएको भए यो चुनाव ने नुहने भन्दै उनले भने म पोखराबासीलाई यो ठाउँमा उपस्थित भएर भन्न चाहान्छु, कसैले पनि यो चुनावमा म रविन्द्र अधिकारीलाई सम्झेर भोट हाल्छु भनेर सोच्नुभएको छ भने पनि सोच्नुहोस, मत कसलाई हाल्ने तपाईले निणर्य गर्ने कुरा हो, तर गणतन्त्रको जग हाल्ने रविन्द्र अधिकारीलाई सम्झन्छु भन्ने, तर वंशको आधारमा, रगतको आधारमा मतको निर्णय गर्दछु भन्ने ठान्दछ भने त्यो रविन्द्र अधिकारीको अपमान हो । त्यो रविन्द्र अधिकारीलाई नचिन्नु हो ।”

पोखराको मतदातालाई थापाले भावना, मोह र सपनाबाट मुक्त भएर मतदान गर्न अनुरोध गरेका छन् ।