श्री ४ प्रचण्ड, श्री ५ केपी शर्मा ओली, श्री ६ विद्या भण्डारी बन्न खोजेको ? गगन थापाको कडा भाषण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले खेमराज पौडेललाई मत दिएर जिताउन आग्रह गरे । राजनीतिमा सज्जन, सदाचारी, इमान्दारी, आफू र परिवार भन्दा माथि उठ्ने, राजनीतिलाई पेशा नठान्ने मान्छे आवश्यक रहेको भन्दै उनले यी सबै चिज उम्मेदवार पौडेलमा पाउन सकिने बताए ।
‘खमेराज गुरु सबैको प्रेरणाको स्रोत हुनुहुन्छ । सादगी नेता खेमराज पौडेललाई पुरस्कार स्वरुप जिताएर पठाउन आवश्यक छ’, उनले भने, ‘खेमराजको यसअघिका गतिविधिलाई बुझेर मत दिनुहोला ।’ यो निर्वाचन अंक गणितको हिसावले केही नहुने भन्दै नेता थापाले निर्वाचनले
दिने सन्देश महत्वपूर्ण भएको बताए ।

यस्तो अनुकलु अवस्थामा पनि सरकारले सिन्को भाच्ने काम नगरेको भन्दै उनले भने, ‘सरकारका कारण संघीयता धरापमा प¥यो । संघियता केपी ओलीले खानुभयो, पंगु बनाउनु भयो । विरोध गर्नुपर्ने मुख्यमन्त्रीहरू हली बनेर बस्नुभयो ।’

नेपाली कांग्रेस कास्कीको चुनाव प्रचार अभियान आजदेखि तेस्रो चरणमा प्रवेश गरेको छ । कांग्रेसले उम्मेदवार मनोनयनदेखि मौन अवधिसम्मका समयलाई ३ चरणमा विभिाजन गरी चुनावी प्रचार गरेको थियो ।

जसमा पहिलो चरण ५ दिन, दोस्रो र तेस्रो चरण ७÷७ दिनको छ । पहिलो चरणमा चुनावी प्रचार समिति गठन र रणनीतिक छलफल गरेको कांग्रेसले दोस्रो चरणमा पूरै समय घरदैलोमार्फत मतदाता भेटघाट र कोणसभामा केन्द्रित ग¥यो । तेस्रो चरणका ७ दिनमा पूरै समय चुनावीसभा, घरदैलो, मतदाता भेटघाट मै केन्द्रित गर्ने कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचार समितिका
सभापति कृष्ण केसीले जानकारी दिए ।