गोकर्ण बिष्टले लेखे यस्तो स्टाटस मन्त्रीबाट हटाइ लगत्तै

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रुपमा हुँदा आम जनतामा राम्रो छाप छोड्न सफल भएका गोकर्ण विष्ट मन्त्री पदबाट हटाइएपछि आफूले मन्त्री हुँदा ज्यामी माहुरीले झैं काम गरेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरु हटाउने सुचीमा श्रम मन्त्री बिष्ट पनि परेका थिए । गत बिहिवार मन्त्री पदबाट हटाइपछी सरकारले दिएको सबै सुबिधा छोडी सिंहदरबारबाट बिष्ट भाडाको ट्याक्सीमा आफ्नो घर फर्केका थिए । जुन तस्बिर र भिडियो सामाजिक संजालमा भाइरल बनेको छ ।

उनलाई मन्त्री पदबाट हटाइपछि सामाजिक संजालमा सरकारको चर्को बिरोध र आलोचना भएको छ ।वैदेशिक रोजगार र श्रमीकको हितमा राम्रो काम गर्दै आएका बिष्टले वैदेशिक रोजगार सम्बन्धि राम्रो निति ल्याउन सफल भएका छन् ।सिंहदरबारबाट बाहिर लगत्तै सामाजिक संजाल फेसबुकमा स्टाटस लेखी सबैलाई धन्यवाद दिएका छन् :

जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु – थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद !

यो पनि पढ्नुहोस
गोकर्ण बिष्ट, घनश्याम भुषाल र लालबाबु पन्डित बारे केहि टिप्पणी गरेका छौ। पुर्व कर्मचारीलाई सरकार विरुद्ध बोल्न रोक्ने बिधेयकको तयारी गर्ने सरकार पार्टीका उमेद्वारका लागि भोट माग्दै हिड्ने बहालवाला सरकारी कर्मचारी बारे मौन छ। अपांग संघमा भ्रष्टाचारबारे विशेष रिपोर्ट