ठमेलको नाइट क्लबमा भेटिए ज्ञानेन्द्र र हिमानी, लगाएको कोट नै खोलेर को संग नाच्दैछन् पुर्व राजा ?

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँको ठमेलमा रहेको नाइट क्लबमा झण्डै मध्यरातमा गएर केही घण्टा बिताएर फर्किएका छन् । पूर्वराजा ज्ञानेन्द्र गएको शनिबार राति ठमेलमा रहेको एलओडी (लर्ड अफ ड्रिङ्क्स) लाउन्जमा पूर्वयुवराज्ञी हिमानीसहित साथीहरुसँग गएका हुन् ।

पूर्वराजा शाह, हिमानी र प्रेरणासहितको टोली राति साढे ११ बजेतिर लाउन्जमा पुगेको थियो । उनीहरु झण्डै राति एक बजे फर्किएको लाउन्जका सञ्चालकले जानकारी दिएका छन् ।

शाह पूर्व जानकारी बिना नै अचानक आएको र केहीबेर नाचेको पनि सञ्चालकले बताए । पूर्वराजा शाहले रातो र चन्द्र सूर्य बोलको गीतमा नाचेका हुन् । हिमानी तथा प्रेरणासँग नायिकाहरु केकी अधिकारी र रिमा विश्वकर्माले तस्बिर समेत खिचाएका छन् ।