जनक र निकीताको पियार सार्वजनीक ।

गायक जनक ताम्राकारको नयाँ गीत ‘पियार’ सार्वजनिक भएको छ । चर्चित गायक जनक र निकीता थापाको आवाज रहेको गीत हालै सार्वजनिक भएको हो । यस गीतमा पछिल्लो समय नेपाली संगीत क्षेत्रमा फरक स्वादका गीत प्रस्तुत गरीरहेका संगितकार महेश ताम्राकारको शब्द संगीत रहेको छ । गीतलाई प्रसन परियारले एरेन्ज गरेका हुन् ।यो गीत अहिले चलनचल्तीमा आएका गीत संगीत भन्दा पृथक छ । वर्तमान समयमा गीतमा शब्द चयन सतही भईरहेको अवस्थामा उक्त गीतले सहज तथा गहिरो ढंगले माया प्रेमको बयान गरेको छ । यस गीतको संगीत पनि हृदय स्पर्शी रहेको छ ।

यसअघि गायक जनक ताम्राकारले काफल कम्ला,लौ लौ सररर लगायत सुपरहिट गीत ल्याइसकेका छन् । यस्तै निकीता थापाले उडायो हावाले रंगजस्ता सुपरहिट गीत ल्याइसकेकी छन् । साथै यस गीतको भिडीयोमा पनि जनक र निकीतालाई देख्न सकिन्छ । गीतको भिडियाग्राफी सन्जीव राईले गरेका हुन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।