आजको राशिफल बि.सं. २०७६ साल मंसिर ५ गते बिहिबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल

आजको राशिफल बि.सं. २०७६ साल मंसिर ५ गते बिहिबार ई. सं. २०१९ नोभेम्बर २१, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्गशिर्ष कृष्णपक्ष नवमी तिथि, पूर्वफाल्गुणी नक्षत्र, चन्द्रमा सिंह राशिमा। वैघृती योग, वव करण। नेपालमा, सूर्योदय बिहान ०६ः३० बजे, सूर्यास्त साँझ ०५ः०८ बजे हुनेछ। आज जन्म लिने बच्चाको राशि सिंह हुन्छ। आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्र ईत्यादीमा पनि समय अन्तर हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –नयाँ उद्योगधन्दा वा व्यवसायका लागि वातावरण बन्नेछ । सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्ये फाइदा हुनेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–आज काम बिग्रने डरले सताइरहने दिन हो । आफैंले प्रदान गरेको वाचालाई पालना गर्न सकिंदैन । अनुभवी र जान्नेबुझ्नेसमक्ष आफ्ना समस्या दर्साउँदा पनि सहयोग जुटाउन सकिंदैन । आमा वा कुनै बृद्ध नातेदारको सेवासुश्रुषामा समय बित्नेछ । सामाजिक कार्यमा अपजसको भागी बन्नुपर्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । सम्झौताले खिन्नता बढाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –धन भावको बलियो चन्द्रमाको प्रभावले विभिन्न अवसरले पछ्याउने समय छ । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिने छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ । मोजमज्जा र रामरमाइलोमा धन खर्च गर्न मन हौसिने छ । सोचेको काम उचित समयमा सम्पादन गर्न सकिने र साख जोगाउन सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –राशिमा चन्द्रमा छ, तर शुभफल प्राप्तिमा कठिनाइ देखिन्छ । मिश्रित प्रभाव भएको दिन छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ । मानसम्मानमा आघात पुग्न सक्छ । हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ । खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुनसक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ। टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने छ । स्वास्थ्यप्रति सतर्क रहनु पर्छ, खास गरी जोखिम मोल्ने काम र गरिष्ठ भोजनबाट टाढा रहनु राम्रो हुनेछ । भेटघाटमा अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –समय उत्साहवद्र्धक रहने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । व्यापारमा फाइदा हुनेछ, आम्दानीका नयाँनयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनको उपयोग गर्न सकिने छ । आध्यात्मिक विषयवस्तु र दर्शनशास्त्रमा रुचि जाग्ने छ, नयाँ ज्ञान प्राप्त हुनेछ । पढाइलेखाइमा राम्रै प्रगति गर्न सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –आज कर्मसिद्धिको समय हो । आयआर्जनका स्रोत बढ्नेछन् । व्यापारमा राम्रै फाइदा हुनेछ । गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन छ, जसबाट यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । बिग्रन लागेको काम पनि अन्त्यमा सफल भई छाड्ने छ

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–अष्टमस्थ चन्द्रमाका कारण त्यत्ति सरल दिन छैन । आँटेका काम बन्ने सङ्केत छैन । चन्द्रमा अशुभ गृहमा छ । परिस्थिति अप्ठ्यारो छ । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । प्रयत्न गरे पनि परिश्रम निरर्थक हुनेछ । चोटपटकको सम्भावना र धनमाल हराउने योग छ । सचेत रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –प्रेम र मित्रताको बन्धनमा कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । दाम्पत्य जीवनमा रमाइलो रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –काममा अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ला । शत्रुहरूको चलखेल बढे पनि विजय तपाईंको हातमा छ । विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन । पारिवारिक र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ । वैदेशिक यात्रा पनि लाभदायक रहनेछ । समय मनोरञ्जनपूर्ण छ ।