आजको राशिफल बि.सं. २०७६ साल मंसिर ३० गते आईतबार

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल

आजको राशिफल बि.सं. २०७६ साल मंसिर ३० गते आईतबार ई. सं. २०१९ नोभेम्बर १७, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्गशिर्ष कृष्णपक्ष पञ्चमी तिथि, पुनर्वसु नक्षत्र, चन्द्रमा मिथुन राशिमा। शुभन योग, गर करण। नेपालमा, सूर्योदय बिहान ०६ः२७ बजे, सूर्यास्त साँझ ०५ः०९ बजे हुनेछ। आजको पर्व तथा मुहूर्त– मार्ग संक्रान्ति र रुद्रिपुजा शिववास जुरेको दिन छ। भोलीको पर्व – दोकान खोल्न, रुद्रि पुजा र अग्नीवास होमादि कार्य जुरेको दिन छ। आज जन्म लिने बच्चाको राशि मिथुन हुन्छ। आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ। यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्र ईत्यादीमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आत्मीयजनहरूसँग भेटघाट हुनेछ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ ।साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । व्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय छ । आज तपाईका लागि शुभरङ्ग हरियो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ गं गणपतये नम मन्त्र ९ पटक जप गर्नु शुभ हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – काममा सफलता पाइने छ । पारिवारिक खुसी मिल्नेछ। तपाईंको वोली र व्यवहारप्रति विपरीतलिङ्गी साथीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । सुनचाँदी जस्ता धातुको कारोवारबाट लाभ मिल्नेछ । दीर्घकालिक लगानीका लागि उत्सुक हुनुहुन्छ भने आज राम्रो दिन छ । आज तपाईका लागि शशुभरङ्ग सेतो, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्यसफलताका लागि ॐ सिद्धिलक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –आज तपाईको मान प्रतिष्ठा बढ्ने दिन छ। पारिवारिक रमझमका लागि समय र धनको खर्च हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन। तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । आज तपाईका लागि शुभरङ्ग गुलाबी, शुभअङ्क १, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ अं अङ्गारकाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –आज तपाईले सानोतिनो कार्य सफल गर्न पनि बढि दौडधुप गर्नु पर्ने देखिन्छ। अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, गर्नैपर्ने बाध्यताका खर्च बढ्नुका साथै विभिन्न जोखिम आइलाग्ने समय छ । सुखी जीवन व्यतीत गर्न मन लालायित हुनेछ । अनावश्यक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । मातापिता र अभिभावक वर्गसँगको दुरी बढ्न सक्नेछ। आज तपाईका लागि शुभरङ्ग बैजनी वा पहेंलो, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ बृं बृहस्पतये नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आज सहकर्मी साथीबाट सहयोग प्राप्त गर्न सकिने दिन छ। रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन। सामाजिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ । आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ सूर्यसुताय शनये नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – आज तपाईको आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर भावनात्मक र चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न । आज प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै नमिठोपना आउन सक्नेछ । आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क २, शुभदिशा दक्षिण । आज कार्यसफलताका लागि ॐ कुलदेवताभ्यो नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –आज तपाईको भाग्य स्थानमा चन्द्रमाको गोचर छ । आफ्ना मातापिताका सँग सहकार्य र आशिर्वचन प्राप्त गर्न आजको दिन अनुकूल छ । सामाजिक सम्बन्ध सुदेढ हुनेछ। घरमा पाहुनाको आगमन हुनसक्छ । सामाजिक र आध्यात्मिक गतिविधिमा संलग्न हुन सक्ने दिन छ। पेसाव्यवसाय र रोजगारीका मार्गमा अवरोध हुन सक्नेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । आज तपाईका लागि शुभरङ्ग गाढा केशरी, शुभअङ्क ९, शुभदिशा पूर्व आज कार्य सफलताका लागि ॐ धर्मराजाय नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आज तपाईको मिश्रित दिन छ। महत्वपुर्ण काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ । अनावश्यक यात्रा हुनेछ वा छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । अभिभावक, मान्यजन वा ठूलाबडा व्यक्तिसँग वादविवाद पर्न सक्छ । शरीरको भित्री अङ्गमा स्वास्थ्यसम्बन्धी समस्या हुने देखिन्छ, आन्तरिक समस्या बढ्नाले मानसिक तनाव उत्पन्न हुनसक्छ। आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्यसफलताका लागि ॐ मृत्युञ्जयाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आज तपाईको मन भावुक र रोमान्टिक हुने समय छ । पेशा व्यावसायमा सफलता मिल्नेछ। कुनै नयाँ कार्यका लागि गरिएको प्रयास सफल हुनसक्छ । छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । प्रेमजीवन र प्रणयसुखका लागि अनुकूल समय रहने छ । जीवनसाथी र प्रेमी सित सुमधुर सम्बन्ध हुनेछ, पराक्रम बढ्नुका साथै शरीर स्वस्थ्य र फुर्तिलो रहने छ ।आज तपाईका लागि शुभरङ्ग हलुका रातो, शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ कामदेवाय नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – आजका दिन तपाईका लागि शुभ रहेको छ। आज सामाजिक, व्यावहारिक तथा आर्थीक उपलब्धि हाँसिल हुने दिन छ। सामाजिक कार्य एवं अरुको भलाईका लागि समय छुट्याउनु पर्ने दिन छ। आज स्वास्थ्यमा मौसमी प्रभाव पर्ने सम्भावना छ, अतः खानपान र आहारविहारमा सतर्क हुनुपर्छ । पेशा व्यावसायमा सकारात्मक दिन रहेको छ। आज तपाईका लागि शुभरङ्ग सेतो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ वास्तु देवाय नमः ०८ पटक जप गर्नु शुभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आज तपाईले घरको काम मा केहि समय बिताउनु पर्ने दिन छ। पछि सम्मका लागि फाईदा पुग्ने कार्य हुन सक्नेछ। दिउँसोबाट ज्ञानगुन र चिन्तन मनन जस्ता विषयमा आकर्षित भइने छ। मनका भावना लाई सिर्जनात्मक तर्फ लान आजको दिन अनुकूल हुनेछ । आत्मबलमा बृद्धि हुनेछ । आज प्रेम र रोमान्सका लागिसमेत राम्रो समय छ । आज तपाईका लागि शुभरङ्ग आकासे, शुभअङ्क ९, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ वाग्देव्यै नमः मन्त्र ०७ पटक जप गर्नु शुभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)– आज घरपरिवार बाट टाढा तथा देशपरदेशमा बसोबास गर्नेका लागि राम्रै समय छ । आज अनावश्यक दौडधुप गर्नु पर्ने समय छ, काममा किसिमकिसिमका चुनौती देखा पर्न सक्नेछन । त्यसैले नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । घरखर्चको मात्रा बढ्न सक्छ । शरीरमा पनि फूर्ति र जाँगरको कमी देखिनेछ । विपरीतलिङ्गी साथीबाट मानसम्मानमा आघात पुग्न सक्छ सचेत रहनुहोला। आज तपाईका लागि शुभरङ्ग कलेजी, शुभअङ्क ४, शुभदिशा उत्तर। आज कार्य सफलताका लागि ॐ अष्टमातृकाभ्यो नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।