सधै हसाउने दोबाटे सिरियलले आजको भागमा सबैलाई रुवायो हेर्नुहोस भिडियो

हास्य टेलिशृन्खला दोबाटे प्राय सबैले सुनेको नाम हुनुपर्छ । हरेन्द्र खत्रीको लेखन निर्देशनमा तयार हुने दोबाटेले हरेक हप्ता मनोरञ्जनका साथमा समाजलाई सधैं सन्देश दिदै आएको छ । हास्य टेलिशृन्खला दोबाटे छुट्टै आफ्नै मौलिक कथा अनि गाउले जिबनलाई जस्ताको तेस्तै उतार्ने क्षमता भएका निर्देशक हरेन्द्र खत्रीले समाजलाई सन्देश दिने अनि समाजले पचाउन सक्ने बिसयलाइ पनि सरल तरिकाले प्रस्तुत गर्ने गर्छन । लाखौंको मनमा बस्न सफल दोबाटेले गौरवमय दुई सय चौवालिस भागसम्म पुर्याएको छ ।

काठमाडौ भन्दा बाहिरबाट बनिने पहिलो सफल सिरियल बनेर नेपालमै पहिलो ईतिहास बनाएको छ । समाजसेवी कलाकार तथा सञ्चारकर्मी समीर सुबेदीले चिबे बुढोको भुमिकामा र आइन्द्र लिम्बुले कोपा बुढोको भुमिकामा देखा पर्न थालेपछी झनै रोचक बनेको दोबाटेमा निर्देशक हरेन्द्र खत्री, लक्षणा राई, समीर सुबेदी, आइन्द्र लिम्बू,प्रदीप आचार्य,लक्ष्मी खनाल, सरोज तिमल्सिना,मनोज न्यौपाने, कल्पना कुलुङ, पुर्णकला राई,बिष्णु भट्टराई, निशा घिमिरे, आदि कलाकारहरुको अभिनय देख्न सकिन्छ । यो हप्ताको दोबाटेमा आमाबाबु र छोराछोरी बिच उत्पन्न हुने पारिबारिक सानो झगडाले लिएको ठूलो रुप अनि आमाछोरी छुट्टिनुको पीडा अनि घरपरिवार मिलेर बस्नुपर्छ भन्ने सन्देश दिदा थसुल्लीको सानो छोरोले थसुल्लीलाइ सोधेको एउटा प्रस्नले सबैको आँसु नै झारेको छ तल भिडियोमा हेर्नुहोला मुटु छुनेछ