भानुमा मान्छे खाने चितुवा खोरमा पर्यो, चितुवा मार्न तम्सिए गाउँले, जोगाएर लगियो चितवन (भिडियो)

तनहुँ जिल्लाको भानु–१ जामुने गैह्रा स्थित सामुदायिक वनमा राखिएको परम्परागत काठको खोरमा गए राति ३ बजे एउटा चितुवा खोरमा पर्यो । खोर स्थानिय हरिभक्त ढकालले बनाएको काठको खोरमा उक्त चितुवा परेको डिभिजन बन प्रमुख बरालले बताए । ‘८र९ वर्षको जस्तो देखिन्छ, पोथी चितुवा हो’ डिभिजन बन प्रमुख केदार बरालले भने ‘करिब ४० किलो जत्तिको सानो कदको छ ।’
चितुवा परेसंगै स्थानीयहरुको हेर्नका लागी ठूलो भिड थियो भने गाउँलेहरुले मार्नु पर्ने भन्दै होहल्ला गरेपछि जोगाएर चितवन राष्ट्रिय निकुन्ज पठाईएको हो । स्थानीयहरुले मान्छे खाने चितुवालाई मार्न पाउनुपर्ने माग राखेका थिए । समातिएको चितुवालाई मार्न नहुने भन्दै डिभिजन बन कार्यालयले चितवन पठाएको हो ।
भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो । यसअघि नियन्त्रणमा लिइएको दुई वटै चितुवा भाले रहेको थियो भने अहिले पोथी चितुवा खोरमा परेको हो । मान्छे खाने चितुवा हो या होइन त्यो भनेर अहिले नै एकिन हुन नसकेको विज्ञ टोलिको भनाई छ ।