Friday, Dec 06 2019
  • Contact Us
  • Privacy Policy
  • About US
Complete Nepali News Portal
२०-मङि्सर-२०७६
Skip to content
  •  Home
  • मुख्य खबर
  • प्रवास
  • मनोरंजन
  • विशेष
  • विचारदृष्टिकोण
  • स्वास्थ्य
  • आजको विनिमय दर
  • राशीफल
  • Videos
  • Contact Us

गाउँको गीतकी गायिका ‘रजनी रिदम राई’

Suresh Sunar November 12, 2019

पोखरा ।“साट्न आउनु धम्पुसमा हिमाल जस्तो जोवन” “रुपै राम्रो रुपातालको ” यीनै गीतहरु त्यतिबेला चर्चामा थिए । यी गाउको चिनारी दिनेगीतहरु मध्य सबैभन्दा धेरै सुनिने गीतमा पर्दछन् र यसमा आवाज भरेकी थिइन रजनी रिदम राईले । उनलाई गाउको गीतकी गायिकाको उपमा पनि दिइन्छ । आज भन्दा १० वर्ष अघि दार्जलिङबाट पोखरा आएकी रजनीको वास्तविक नाम रजनी राई हो । रिदम उनले पछि मात्र थपेकी हुन् । सानैदेखि सँगीतप्रेमी भएकाले आफ्नो नामको बीचमा रिदम राख्न मन लागेको उनले बताइन् । उसो त उनको १० वर्षको छोरीको नाम पनि रिदमनै हो । दार्जलिङ स्थायी घर भएकी रजनी संगीतकर्मकै लागि पोखरा आएकी थिइन् । आफ्नो पुर्व श्रीमान राम्रो संगीतकर्मी भएको र दुवैलाई घरपरिवारबाट पनि साथ मिलेका कारण उनीहरु पोखरा हानिएका थिए ।

काम गर्दै जाँदा जीवनमा त्यस्ता केही ठेस पनि लाग्छ । जुन ठेस रजनीको जीवनमा पनि लाग्यो । पहिलेको श्रीमान र आफुबीच केही कुरामा असमझदारी भएपश्चात उनीहरु दुवैले छुट्टिने निर्णय गरे । रजनीले पोखरानै रोजिन् भने उनका पहिलेका श्रीमानले दार्जलिङ रोजे ।

अहिले रजनीका पुर्व श्रीमान् दार्जलिङ छन् । छोरी रिदम पनि बाबाकै साथमा भएको रजनीले बताइन् । रजनीलाई सबैभन्दा धेरै छोरीको माया लाग्छ । दुवैको सहमतिमानै छोरी उता भएको उनले सुनाइन् । “मलाई छोरीको माया नलागेर मैले छोरीलाई उता पठाएकी होइन् ।” उनले भनिन् – “छोरीका कारण जिन्दगीमा अगाडि बढ्ने क्षमता मिलिरहेको छ, अहिले पनि म दार्जलिङ जाँदा छोरीलाई भेट्छु ।”

दार्जलिङका थुप्रै कलाकारहरु अहिले पनि नेपाली गीत संगीतका कारण चर्चामा छन् । उसो त उनीहरु आफुलाई भारतीय भन्दा पनि बढी नेपालीनै भन्न रुचाउँछन् । हिन्दी भन्दा अत्याधिक नेपाली भाषानै बोल्ने गर्छन् ।

निरन्तर मेहनत र परिश्रमका कारण आफु आज यो स्थानमा रहेको गायिका रजनी रिदम राईले बताइन् ।

नेपालका थुप्रै स्टेज कार्यक्रमहरुमा उनले आफ्नो प्रस्तुती राखेकी छिन् । बिम्ब कवि प्राज्ञ रमेश श्रेष्ठको शब्दमा कन्दरा ब्याण्डका संगीतकार सुनिल थापाको संगीत रहेको गीत “रुपै राम्रो रुपातालको माथि भिरचोक गाउँ” ले रजनीलाई चिनायो ।

उनका रुचाइएका गीत मध्ये “साट्न आउनु धम्पुसमा, निलगिरीको काखैमा” हुन् । गुरुङ चलचित्रका गीतमा पनि रजनीको पाश्र्व आवाज सुन्न पाईन्छ । पोखरामै रहेर रजनी अहिले पनि संगीतकर्म सँगै शैक्षिक पेशामा लागेकी छिन् ।

“छोरी साथ नहुँदा केही समय म डिप्रेसनमा समेत परेँ ।” उनले भनिन् – “तर फेरि छोरीकै कारण बल मिल्यो ।”

रजनी छोरीको सपना पुरा गर्न अहिले नेपालमा भइरहेको दोस्रो संस्करणको गायन रियालिटी शो दि भ्वाईस अफ नेपालमा गएकी छिन् । “छोरीले आफ्नो साथीहरुलाई आमाको आवाज टेलिभिजनको पर्दामार्फत देखाउन र सुनाउन चाहेको हुँदा म उक्त रियालिटी शोमा सहभागी भएकी हुँ ।”— रजनीले भनिन् ।

दि भ्वाईसको ब्लाईन्ड अडिसनबाट उनी छनोट भएर दिप श्रेष्ठको टिममा प्रवेश गरेकी छिन् । ब्लाईन्ड अडिसनमा उनले “पुरानो हुँदैन माया” गीत प्रस्तुत गरेकी थिइन् । दि भ्वाईसको आशावादी गायक गायिका मध्ये रजनी पनि कम छैनन् । उनको लामो समयको संगीतप्रतिको लगावले आशा गर्न सकिन्छ यस पटकको पनि दि भ्वाईस को उपाधी पोखराले चुम्नेछ ।

पहिलो संस्करणको दि भ्वाईस अफ नेपालबाट पोखराका सिडी विजय अधिकारी विजयी भएका थिए । अहिलेको दि भ्वाईसमा कोचहरु दिप श्रेष्ठ सँगै प्रमोद खरेल, राजु लामा र आस्था राउत रहेका छन् ।

ScotNepal.Com

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
  • ताजा
  • मुख्य
  • लोकप्रिय

सै पनि एमाले गीतका जोडी बद्री

1 घण्टा अगाडि

भाइरल जोडीले सहयोग पाएपछि गरे सबैको

2 घण्टा अगाडि

भोइस अफ नेपालका राम लिम्बुलाई हेर्ने

2 घण्टा अगाडि

‘प्रेमगीत ३’ का अनुभव र योगीशाको

2 घण्टा अगाडि

बडीगाड खोलामा १५ जनाको ज्यान जाने

3 घण्टा अगाडि

२७ बर्षका युवाको डरलाग्दो अनुहार, नेपालमै

4 घण्टा अगाडि

गुल्मीमा बाँदर धपाउन बाघको प्रयोग! कुकुर

6 घण्टा अगाडि

महिला डाक्टरलाई ब*लात्कार गरेर मारेका चार

8 घण्टा अगाडि

सै पनि एमाले गीतका जोडी बद्री

1 घण्टा अगाडि

भाइरल जोडीले सहयोग पाएपछि गरे सबैको

2 घण्टा अगाडि

भोइस अफ नेपालका राम लिम्बुलाई हेर्ने

2 घण्टा अगाडि

‘प्रेमगीत ३’ का अनुभव र योगीशाको

2 घण्टा अगाडि

बडीगाड खोलामा १५ जनाको ज्यान जाने

3 घण्टा अगाडि

२७ बर्षका युवाको डरलाग्दो अनुहार, नेपालमै

4 घण्टा अगाडि

गुल्मीमा बाँदर धपाउन बाघको प्रयोग! कुकुर

6 घण्टा अगाडि

महिला डाक्टरलाई ब*लात्कार गरेर मारेका चार

8 घण्टा अगाडि

सै पनि एमाले गीतका जोडी बद्री

1 घण्टा अगाडि

भाइरल जोडीले सहयोग पाएपछि गरे सबैको

2 घण्टा अगाडि

भोइस अफ नेपालका राम लिम्बुलाई हेर्ने

2 घण्टा अगाडि

‘प्रेमगीत ३’ का अनुभव र योगीशाको

2 घण्टा अगाडि

बडीगाड खोलामा १५ जनाको ज्यान जाने

3 घण्टा अगाडि

२७ बर्षका युवाको डरलाग्दो अनुहार, नेपालमै

4 घण्टा अगाडि

गुल्मीमा बाँदर धपाउन बाघको प्रयोग! कुकुर

6 घण्टा अगाडि

महिला डाक्टरलाई ब*लात्कार गरेर मारेका चार

8 घण्टा अगाडि

सबैले हेर्नुहोला

किङ्ग कोब्राले डस्दा समेत बिष लाग्दै यिनलाई

https://youtu.be/4wi7v6TzAKQ

उत्कृस्ट पन्चे बाजा

https://youtu.be/8m7O0llmtgc

Spring Bath Nepal

https://youtu.be/azAudxonqm4

सम्बन्धित समाचारहरु

  • सै पनि एमाले गीतका जोडी बद्री पंगेनी र प्रिया भण्डारीको...

  • ‘प्रेमगीत ३’ का अनुभव र योगीशाको लुक्स सार्बजनिक

  • मोडल अनामिका कार्कीको हट अवतार : कला क्षमता प्रदर्शन गरेर...

  • रामलाई स्टेजमै आयो प्रेम प्रस्ताव, घुडा टेकेर युबतिले दिइन गुलाब,...

  • दोहोरीमा भाइरल कमला घिमिरेले गाउने चौतारीको बरका गायक गायिका मिडियामा,कमला...

  • संचारकर्मी दिपेन्द्र घिमिरेको शब्दमा गायिका मेनुका पौडेलको स्वर रहेको गीत...

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)
- कमल खत्री (गुल्मी)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)
-जगन कार्की (युके)

सहयोगी

- शिव भण्डारी (लन्डन)
- आङ कामी शेर्पा (अमेरिका)
- केश बहादुर कार्की (अमेरिका)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)
-सुदीप गौतम (बुटवल)
-रविलाल पौडेल (गुल्मी)
-कर्ण बहादुर अधिकारी (मकाउ चीन)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी (काठमाडौँ)
- प्रमिला राइ (काठमाडौँ)

प्रस्तोता / उद्घोषक

- प्रेणा केसी (बुटवल)
- शितल शर्मा (काठमाडौँ)

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

UK ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered in England,

Registered No.

11568686

Registered Address:

Unit 1, 58 Plumstead High Street LONDON SE18 1SL

Follow Us


विज्ञापनको लागि
9841309833
+447828905018
scotnepalonline@gmail.com
स्कटनेपाल मिडियाहाउस प्राली द्वारा संचालित

© Copyright 2019, ScotNepal Media House Pvt Ltd All Rights Reserved Designed By: Tech-Info Nepal
This website uses cookies
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish.Accept Reject Read More
Privacy & Cookies Policy

Necessary Always Enabled