समाचार संकलन गर्ने क्रममा पत्रकारमाथि मेयरद्वारा दुब्यावहार भिडियो सहित

इटहरी , सुनसरी
इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीद्धारा समाचार संकलन गर्ने क्रममा पत्रकारमाथि अभद्र ब्यावहार एवम दुब्यावहार गरेका छन । मेयर दारिका द्धारा कर्मचारी कुटिएको समाचार संकलनको लागि प्रतिक्रिया लिन पुगेका पत्रकारद्धय विकल रेग्मी र कृष्णबहाव भट्टराई लाई गाली गलौज गर्दै हप्काएका छन ।आफुलाई हेप्ने तरिकाबाट ब्यावहार गरेको भन्दै गाली सार्वजनिक स्थलमा नै हप्काएका छन ।

उनले कर्मचारीलाई कठालो समातेका छन साथै भट्टराइलाइ सार्वजनिक स्थलमा अभद्रशैलीमा हप्काएका छन् । कर्मचारी कुटपिटको विषयमा प्रतिक्रिया लिन पुगेको दुबै पत्रकारमाथि मेयरले गरेको व्यवहारको विरोध गर्दै पत्रकार महासंघ सुनसरीले विज्ञप्ति जारी गर्दै भत्सना गरेको छ ।

मेयर चौधरीले गरेको व्यवहार निन्दनीय रहेको भन्दै अध्यक्ष अमर खड्का र सचिव हिमाल दाहालले विज्ञप्ती निकाल्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह समेत गरेको छ ।

कर्मचारीलाई हातपात गदै कार्यलयबाट निकालेको विषयमा मेयर चौधरीको प्रतिक्रिया लिन पुगेका पत्रकारलाई गरेको दुब्र्यवहारले निर्वाहत पूर्वक समाचार संकलन गर्ने अबरोध पुग्नुको साथै आम नागरिकलाई सुचित हुने अधिकार बञ्चित गरेको भन्दै नेपाल प्रेस युनियन सुनसरीले पनी विज्ञप्ति जारी गरेको छ ।
हेनुृहोस भिडियो ।