१५ बर्षे बालक बिजयले बनाएको रोबटले एक्कासी बम बिस्फोट गरेर सबैलाई गाली गर्यो (भिडियो सहित)

झापा , दमक । सल्यानको मेलघारीका एक १५ वर्षे किशोरले हावाबाट बिजुली बाल्ने ,पानि जहाज , बम लगायत अन्य धेरै सामानहरु बनाएका छन् । यि बालकलाई गाउँलेहरुले बाल बैज्ञानिक भनेर चिन्छन् । उनको यो कामलाई प्रोत्साहन गर्नका लागी हामीले यो भिडियो हजुरहरु सामु ल्याएका छौ । गरिब परिवारमा जन्मिएका बिजय अहिले झापाको सुरुंगामा आएका छन् । उनको यो क्षमतालाइ अझ माथि पुराएर यो देशको नाम विश्व सामु चिनाउन सहयोग गर्ने उदेश्यले उनलाई बसन्त थपलियाले आफ्नो घर झापा सुरुंगामा ल्याउनु भएको छ ।

सानो उमेर देखि नया कुराहरु सिक्ने र बनाउने उनको स्वभाभ रहेछ । स्थानीय, गाउँले र नगरपालिकाले साथ दिएको छ । उनले हावाबाट बिजुली बाल्ने मेसिन , पानि जहाज , रोवट लगायत अन्य सामान बनाएका छन् भने अब रकेट र हेलिकप्टर बनाउने योजनामा छन् । उनलाई आर्थिक रुपमा पनि धेरै समस्या परेको हुदा आर्थिक सहयोग गर्न कृपया सबैले यो भिडियोलाई धेरै भन्दा धेरै सेयर गर्दिनुहोला ।उनको यो क्षमता देख्दा भाइरल जंगी बाबा चकित परेका छन् । उनले बनाएको रोवटले जंगी बाबा संग नेपाली र हिन्दि भाषामा कुराकानी पनि गरेको छ ।