सिमा रक्षाको लागि छातीमा गोली थाप्न समेत तयार छौ : अभियन्ता देउजा

काठमाडौं- वीर गोर्खाली अभियानले ( ATF) फोर्स आज गठन गरेको छ। रास्ट्र, राष्ट्रियता, श्रीपेच र सनातन धर्म रक्षा गर्न र देशमा भइपरी आएको अबस्थामा बलिदान दिन समेत पछिनहटी अगाडी बढ्न एटिफ फोर्स घोषणा भएको अभियन्ता नगेन्द्र देउजाले जानकारी दिएका छन । यो फोर्समा रास्ट्रभक्त नेपाली नागरिक जुनसुकै समयमा भर्ना हुन सक्ने उनले बताएका छन ।

देशमा भ्रस्टाचार व्याप्त रहेको, छिमेकीले सिमा मिच्दा समेत सरकार कुटनीतिमा चुकेको र दिनहु बलात्कार, हत्या, हिँसा जस्ता जघन्य अपराध बढेको भन्दै अन्याय बिरुद्ध न्यायको लडाई लड्नको लागि युवा दस्ता तयार पारेको अभियन्ता नगेन्द्र देउजाले बताए। यो १ घन्टे फोर्सले जसलाई समस्या पर्छ त्यहाँ एक घन्टामा पुगी समस्याको समाधान गर्ने उनले बताए।

सिमाविवादको बिषयमा बोल्दै देउजाले आफ्नो मातृभूमिको रक्षा गर्न जस्तोसुकै कदम उठाउन सक्ने भन्दै उनले आवश्यकता परेमा खुकुरी र तरबार बोकेर युद्धमा होमिन पनि तयारि अवस्थामा रहेको बताए । सिमा रक्षाको लागि छातीमा गोलि थाप्न समेत तयार रहेको उनले बताए।