कस्ले पायो अर्कैको घरको ढोकामा बच्चा ? पोको खस्यो भन्दै प्लास्टीक मागीन पोखराआएको २ महिनामा यस्तो (स्थलगत रिपोर्ट)

अन्जु नेपाली पोखरा आएको करिब दुई महिना भयो । उनी मुग्लीनबाट पोखरा कामको शिलशीलामा आएकी हुन् । पोखरा आएपछि शिबचोकमा मन्जु अधिकारीको ग्यारेजमा रहेको क्यान्टिनमा काम गरिन् । करिब २ महिनापछि क्यान्टिन बन्द भयो उनलाई क्यान्टिन संचालक मन्जुले स–सम्मान बिदा गरिन् ।

कार्तिक २३ गते राती उनी अन्जु नेपालीले ६ महिनाको बच्चालाई प्लाष्टिकमा पोको पारेर फाल्न लादै थिईन् स्थानीयले समाएर प्रहरीलाई बुझाए । प्रत्यक्षदर्शी सरिता आधिकारीका अनुसार उनले अरुकै बच्चा बोकेको र अबैध गर्भ रहेकाले फालेको बताईन् । श्रीमान् नेपालमै छन्, उनीसंग सम्पर्क नभएको दश महिना भन्दा बढी भएको र महिनै पिच्छे महिनावारी भएको भन्दै आफूसंग औषधी समेत माग्न आएको खुलासा गरिन् । अन्जुकी आमा अम्बिका नेपालीका अनुसार छोरीको बिहे अगाडी देखी नै अरु केटाहरुसग लाग्ने बानि परेको र पाँच महिनाको बच्चा सहित आफैले बिहे गरिदिएको खुलासा गरिन् ।

हेर्नुहोस् यो स्थलगत भिडियो ।