अब रङ्गशाला बनेरै छोड्ने छ! के भित्रियो यस्तो (भिडियो सहित)

समाजसेवी इशा गुरुङको प्रसंसा गर्दै सिता राम कट्टेल आफ्नो फेसुबुक वालमा लेख्नु हुन्छ !
प्रवासमा रहेर पनि नेपालका लागी निरन्तर सामाजिक काममा सक्रिय समाजसेवी आदरणिय दिदी ईशा गुरुङ्गले जनस्तरबाट निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएकोमा हामी निकै खुसी छौं । आदरणिय दिदीले धुर्मुुस सुन्तली फाउण्डेशनको हरेक परियोजनामा स्वस्फूर्त सहयोग गर्दै आउनुभएको छ । नेपालका लागी अनि नेपाली खेलाडीहरुको भविष्यको लागी निर्माण गर्न लागिएको यस परियोजनाका लागी सहयोग गर्ने प्रतिबद्धता गर्नुभएकोमा दिदी ईशा गुरुङ्गलाई हार्दिक धन्यवाद । यस राष्ट्रिय गौरवको परियोजनामा सम्पुर्णलाई आ-आफ्नो स्थानबाट जोडिनुभई यस परियोजना सम्पन्न पार्न सहयोग गरिदिनुहुनेछ भन्ने आशा गर्दछौं ।

यो पनि पढ्नुहोस : अब रङ्गशाला बनेरै छोड्ने छ (भिडियो सहित)
जनस्तरबाट निर्माण हुने नेपालको पहिलो गौत्तम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाको बिस्तृत गुरु योजना(DPR) तयार भइ सो सम्बन्धमा थप सुझाब सल्लाहका लागि आज भरतपुर महानगरपालिकाको कार्यालयमा सम्पुर्ण राजनितिक दल,माननिय सासद,स्थानीय जनप्रतिनिधिहरु,विभिन्न संघ सस्थाका प्रतिनिधिहरु,उधोगी ब्यबसायिहरु,बिसय बिज्ञहरु,सन्चारकर्मिहरुको उपस्थितिमा गुरुयोजना(DPR) presentation गर्ने कार्य सम्पन्न भयो।

उपस्थित महानुभाबहरुले DPR उत्कृष्ट रहेको प्रतिकृया दिनु भएको छ। हामी सम्बन्धित मन्त्रालय,खेलकुद परिषद,नेपाल क्रीकेट संघमा समेत DPR प्रस्तुति गर्नेछौ। र त्यस पश्च्यात थप आएका सल्लाह सुझाबको आधारमा DPR लाई फाईनल रुप दिनेछौ। रंगशाला निर्माणको लागि गठित प्राबिधिक समितिको निर्देशनमा क्रीयटिभ डिजाइन आर्किटेक प्रा लिको नेतृत्वमा ईन्डियन र अमेरिकन कन्सलटेन्सिको सहकार्यमा Dpr तयार भएको समेत जानकारी गराउदछु। (सिता राम कट्टेल)