मोदीको पुत्ला यसरी जलायो विप्लवले

क्षिमेकी देश भारतले आफ्नो नक्सामा नेपाली भूमि पारेको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एक हप्ते संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग भारतले आफ्नो क्षेत्रमा पारि नक्सा सार्वजनिक गरेको भन्दै विप्लव समूहले मसाल जुलुसदेखि भारतीय प्रधानमन्त्रीको पुत्ला जलाउने सम्मका कार्यक्रम सार्वजनिक गरेको छ ।

यसअघि बिभिन्न राजनीतिक दल र तिनका भातृ संगठनहरूले पनि भारतीय नक्सामा नेपाली भूमि परेको भन्दै बिरोध जनाएका छन् । केही विद्यार्थी संगठनहरूले प्रदर्शन गरिरहेका छन् ।

बुधबार निकालेको विज्ञप्तिमा महासचिव विप्लवले संघर्षका कार्यक्रम अन्तर्गत यही कात्तिक २६ गते भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीको पुत्ला दहन गर्ने उल्लेख गरेका छन । त्यसको भोलिपल्ट २७ गते संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयमा बिरोध पत्र दिने कार्यक्रम विप्लव समूहले सार्वजनिक गरेको छ ।

यस्तै, २१ गते मसाल जुलुस, २२ गते कोणसभा, २३ गते भारतीय दूतावासमा ज्ञापनपत्र, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते प्रदर्शन गर्ने कार्यक्रम विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

यसै सन्दर्भमा ज्ञानेन्द्र शाहीले के भने यो हेर्नुहोस