नरपानिमा कार दुर्घटना मा परि एकै घर का ३ जना को घटना स्थल मृत्युु

कमला घिमिरे अर्घाखाँची,

अर्घाखाँची जिल्लाको सम्धिखर्क नगरपालिका वडा नं ६ दह खोलामा कार दुर्घटना हुँदा एकै घरका ३ जनाको मृत्युु भएको छ। बा १७ च ६९१७ नंमरको कार दुर्घटना भएको पाणिनी गाउँपालिका वडा नं ८ घर भइ हाल सैनामैना बस्दै आएका बर्ष ८० का दुर्गादेबी खड्काको मृत्यु भएको छ। वर्ष ४३ का भक्तबहादुर खड्का र वर्ष ३९ का तिलबहादुर खड्काको मृत्युु भएको छ। मृत्युु हुनेमा एकै घरका आमा सहित २ छोराको मृत्युु भएको प्रहरी नायक उपरीक्षक प्रकाश बिस्टले जानकारी दिए र गाडी चालक बर्ष ४९ का गंगाबहादुर खड्का र वर्ष २५ का बिनोद खड्का गम्भीर घाइते भएका छन।

उनिहरुलाइ उपचारको लागि बुटवल पठाएको प्रहरीले बताएको छ।