भानुमा चितुवा आतंक,पुजारी र माता एकसाथ खुलाए चितुवा आतंकको डर लाग्दो कारण (भिडियो सहित)

जिल्लाको भानु नगरपालिकामा चितुवाको आक्रमण बढिरहेको छ। यहाँ २० महिनाको अवधिमा चितुवाले आक्रमण गर्दा ६ जना बालबालिकाले ज्यान गुमाएका छन्। चार जना घाइते भए।

विभिन्न उपाय अपनाएर केही चितुवा नियन्त्रणमा लिएपनि आक्रमण झन बढ्दै गएपछि भानु– २ का स्थानीयले थक्रेक कालिकाको मन्दिरमा देवीको पुजा गरेका छन्। नारेश्वरटारस्थित कालिकाको मन्दिरमा चितुवाको आक्रमण रोकिने जनविश्वासले सामुहिक देवीको पुजाअर्चना गरेको सीता अधिकारीले बताइन्।

‘अचाक्ली चितुवाले बालबालिकालाई आक्रमण गर्न थाल्यो’, उनले भनिन्, दुईटा चितुवालाई नियन्त्रणमा लिदा समेत आक्रमण रोकिएन्। देउता रिसाएर यस्तो भएको होकी भन्ने ठानेर पुजाअर्चना गरेका हौँ।’ तीन जना पुरोहित बोलाएर चण्डीपाठ र हवन गरेको उनले जानकारी दिइन्।

हेर्नुहोस पुजा पछी पुजारीमा मन्दिरमा माता बनेर पुगेकी महिलाको भनाई तपाई पनि चकित पार्ने छ