चितुवाले फेरी मान्छे खान्छ भन्दै पुजामै मातालाई कम्पन, बाघबाट बच्न देवीको पूजा (भिडियो)

तनहुँ जिल्लाको भानु नगरपालिकामा चितुवाको आक्रामणबाट ६ जनाको ज्यान गएपछि नरभक्षी चितुवा मार्नका लागी भएका प्रयासहरु असफल भए । चितुवा खोरमा परे पनि मान्छे खाने चिनुवा नपर्दा वा मार्न नसकिदा भानुबासी हैरानीमा छन् । धार्मिक मान्यता अनुरुप देबि रिसाएर बाघको रुप धारणा गरेर मान्छे खाएको भन्दै स्थानीयहरुले देबीको पुजा गर्नुपर्ने बताएपछि भानु नगरपालिकाको वडा नं १ र २ मा सोमबार भव्य रुपमा देबी पुजा भयो । वडाले आ–आफ्नै शक्ति पीठहरुमा देविको पुजा गरेर अब चितुवाको रुपमा आक्रमण नगर्न र मानविय क्षती नगर्न समेत देबी भगवती समक्ष अनुरोध गरे । भानु २ मा भएको पुजा विधिवत नभएको भन्दै एक महिला कम्पन सहित फेरी चितुवाले मान्छे खाने बताईन् भने अर्की माता सम्झनाले भने अब देवी खुसी भएको र मान्छे नखाने ठोकुवा गरिन् । आफूहरुले जनभावनालाई कदर गर्दै यस्तो पुजा गर्न लागिएको भानु २ का अध्यक्ष अर्जुनबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार गाउँको बीचमा रहेको मन्दीरमा बोकाको बली सहित पुजा भएको हो । हेर्नुहोस् यो भिडियो ।