तिहारमा फेरि चितुवाले मान्छे खायो, दिउँसै आउँछ आँगनमा चितुवा ? (स्थलगत रिपोर्ट)

तनहुँको भानु नगरपालीका पछिल्लो समय नरभक्षी चितुवाको त्रासमा छ । स्थानीयहरु हरेक दिन बाघ (चितुवा)को डरमा बाँचिरहेका छन् । अघिक मात्रामा बन क्षेत्र भएको र बनमा चितुवाले खाने जनावर केही नभएकाले चितुवा घर गाउँ पसेको धेरैले अनुमान लगाएका छन् तर पनि भानु नगरपालिकासंग बाघको संख्या तथ्याङ्कमा छैन । दशैको टिकाको दिनमै चितुवाले भानु १ का आशिक बानियाको ज्यान लियो, त्यसको एक हप्तामै १३ बर्षकी सोनिया अच्छामीलाई घाईते बनायो फेरी गोरु तिहारकै दिन भानु २ का सात बर्षिय रितिक रोकालाई घरकै आँगनबाट लग्यो । कक्षा २ मा अध्ययन गर्ने रितिकको शब घर भन्दा केही माथी फेला परेको थियो ।

अन्य घटनामा रगत मात्र खाएको चितुवाले यो पटक भने मासु समेत खाएको स्थानीयले बताएका छन । बारम्बार आक्रमण र ज्यान जान थालेपछि स्थानीयहरुले धार्मिक किम्बदन्ती बारे पनि कुरा उठाएका छन् । देबी बौलाएको, मानिस नै बाघ बनेको जस्ता कुराहरु पनि आएका छन् । बाघले घडी समेत लगाएको भन्ने हल्ला समते गाउँमा फैलिएको छ । तर भानु नगरपालिकामा बिगत दुई बर्ष देखी चितुवाको आक्रमणकै कारण छ जनाले ज्यान गुमाएका छन् भने चार जना घाईते भएका छन् । हेनुहोस् यो स्थलगत रिपोर्ट