मंगलसुत्र बेचेर पढाएको छोराले अवार्ड पाउदा थामिएन आमाको आँसु (भिडियो सहित)

अन्तराष्ट्रीय रुपमा चिरपरिचित युवा पत्रकार तथा समाजसेवी एचबी ताम्राकार नेपालकै सवैभन्दा ठुलो अनलाईन OSnepal ले आयोजना गरेको “OSnepal Music Awards Function 2019 “मा आवाज विहिनहरुको आवाजको रुपमा खरो उत्रीदै आउनु भएकाले र समाजिक कार्यमा प्रत्यक्ष संलग्न भएकै कारण भव्य सम्मान गरिएको हो । अवार्ड र सम्मान पत्र विदेशमै बसेर नेपालमा प्राप्त गर्ने पहिलो नेपाली पत्रकार को रुपमा एचबी ताम्राकारलाई लिन सकिन्छ ।

सुदुर पश्चिम नेपालको दुर्गम ठाउमा जन्मिएका ताम्राकार लामो समयदेखी जापानबाटै विश्वंभर छरिएर रहनुहुने युवाहरुको समस्यालाई आफ्नो कार्यक्रममा स्थान दिदै आएका छन् । उनले समाजको पिडा सहन नसकेर आफ्नो शक्तिले भ्याएसम्म आवाज़ उठाउदै आएका छन् ।
ताम्राकार कै पहलमा साउदी , कुबेद, मलेशिया , दुबई , कतार लगायत देश विदेँसबाट पिडीत युवाहरुको उद्धार गरिएको छ । सामाजिक संञ्जालमा पत्रकार रबि लामिछानेपछी धेरै गतिविधि ताम्राकारकापनि हेरिने गरिन्छ ।

ओएसनेपालको जापान च्यापटर हेर्दै आउनु भएका ताम्राकार ओएस नेपालकै डाईरेक्टर पदमा पछिल्लो समय प्रवेस गर्ने मौक़ा पाएका हुन् । सुप समाज जापानका प्रवक्ता र जय स्वाभिमान जापानका संस्थापक सदस्य पनि हुन् ।

उनले अष्ट्रेलियाका प्रधानमन्त्री का सल्लाकार टिमका सदस्यको प्रेस सल्लाकारको भुमिकापनि २ वर्ष सफलताकासाथ निभाउनु भएको थियो । संचारकर्मी रबि लामिछाने का नजिक मानिने एचबी उनकै कामबाट प्रभावित भएर यस्तो समाजिक कार्यमा तिब्र रुपमा अगाडी बढ्ने शक्ति प्राप्त भएको कुरा स्रोतले जानकारी दिएको छ।

ओएस नेपाल परिवारले अवार्ड र सम्मान पत्र दिएकै दिन प्रतिष्ठित संस्था मिसन नेपालले पनि ताम्राकारलाई सम्मान पत्र दिनुभएको हो । पत्रकार एचबी ताम्राकार बौद्धिक , निडर , मिहिनेती , दयालु र सत्यको बाटोमा हिड्नु पर्छ भन्ने स्वभाव का व्यक्तित्व भित्र पर्छन ।

यो सम्मान ग्रहण गर्ने दिन आफु उपस्थित हुन् नसक्ने देखेर यति ठुलो सम्मान ग्रहण गर्नकोलागि आफ्ना जन्मदिने आमा र बुवा लाई जाने बातावरण मिलाउनु भएको थियो । यो सम्मान ग्रहण गरिसकेपछी ताम्राकारका बुवा सिद्धराज ताम्राकार, आमा तुलसी ताम्राकार र भाई राज ताम्राकार अत्यन्तै भावुक हुनु भएको थियो । हाम्रो मीडियाको तर्फबाट देशका सपुत छोरा एचबी ताम्राकारलाई हार्दिक बधाई एवं शुभकामना छ ।